श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार १५ गते सोमबार, २९ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि भोलि ०५ः४३ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मूल भोलि ४ः१७ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ ।    
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
हड्बडले काम बिग्रनेछ भने धैर्य एवम् मिहिनेतले मनग्य आम्दानी दिलाउनेछ। मानसम्मान प्राप्त होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मन मिल्ने साथी भेटिनुका साथै मित्रताको बन्धन पनि कसिने सम्भावना छ। विभिन्न उपहारसमेत पाइनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुख–दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।सुखद् समाचारले उत्साह जगाउनेछ। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ।