विजयपुर । सुनसरी प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार १.०५ ग्राम ब्रायउ सुगरसहित बराह क्षेत्र ७ का २० वर्षीय समिर खड्कालाई पक्राउ गरेको हो । भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित खुनिया पुल क्षेत्रमा इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४१ प ९०४३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा खड्काको साथबाट १.०५ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रहरीले लागुऔषध तथा मोटरसाइकल दुवै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।