श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार २९ गते सोमबार, १३ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ कृष्णपक्षको चतुर्दशी तिथि ०७ः०५ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र मृगशिरा ०५ः५४ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः१६ बजे र सूर्यास्त ०७ः०२बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। हातमा आएको मौका गुमाउनु पर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा त्यति समय दिन नसकिएला। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा सजिलै काम बन्नेछ र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको उपलब्धिले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।