काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार ३०० र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ५०५ निर्धारण भएको छ ।
हिजो एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको भाउ चार हजार ४८० निर्धारण भएको थियो ।
गत मङ्गलबार प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदी चार हजार ३७० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३३ अमेरिकी डलर र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस