Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • तरार्इ भेगमा छठकाे राैनक

तरार्इ भेगमा छठकाे राैनक

  • कार्तिक २०, २०७३
  • ब्लाष्ट खबर

जनकपुरधाम/शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै आएको छ । यसलाई ध्यानमा राखेर सरकारले छठपर्वमा अब देशभर नै सार्वजनिक बिदा दिन थालेको छ । छठ निकै कठिन पर्व हो । सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्यको रूपमा र ऋगवेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट नै बाँचेका छन् । ऋगवेदमा भनिएको छ– ‘सूर्य आत्मा जगतस्य स्थुपश्च’ अर्थवेदमा त सूर्यलाई ब्रह्मको साकार रूप नै मानिएको छ । महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगतका प्राणीसित सम्बद्ध भएको उल्लेख गरिएको छ । सूर्योपनिषदमा सूर्यलाई ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । भगवान् श्रीकृष्ण लौकिक लीला समाप्त गरी अन्तमा सूर्यनारायणमा नै विलिन हुनुभएको प्रसङ्ग पनि रहेको छ । वेदमा सूर्यलाई चौधवटा नामले सम्बोधन गरिएको छ । सूर्यको महात्म्यबारे यजुर्वेद, सामवेद, शुक्लवेद, गीता, मार्कण्डेय पुराण, सूर्य पुराण, साम्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ । सूर्यकै उपासनाबाट याज्ञवल्वयले ज्ञान प्राप्त गरेको आख्यान पनि रहेको छ । जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रूपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । नगरको बीच भागमा रहेका यी पोखरीमा प्रत्येक वर्ष छ हजारदेखि १५ हजार छठैतिन र छठका व्रतालुले छठपर्व गर्ने गरेको अनुमान छ ।

छठपर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्शसमेत स्थापित गर्दछ । यही आस्था र विश्वासले यहाँका इतिहास वर्णित जलाशयलाई सरसफाइ गरी बेहुलीझैँ सिङ्गारिएको छ । गङ्गासागर, धनुषसागर, अरगजा, रुक्मिणी, महाराजसागर, रत्नसागर र रामसागरमा मनाइने छठ अत्यन्त मनमोहक हुन्छ । आस्थाको महा पर्वका रूपमा छठपर्व वर्षमा दुई पटक मनाउने गरिन्छ । शरद् ऋतुको कात्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको पष्ठीका दिन मनाइने पर्वमा श्रद्धालुमा अन्य पर्वभन्दा भिन्नै उल्लास र आस्था हुन्छ । सूर्यको आराधनाबाट सुख समृद्धि र सन्तान प्राप्ति एवम् चर्म रोग निको हुने जनविश्वास छ । यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यतिकै छन् । ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा बह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारीसमेत मानिएको छ । नाम र भेद: छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी व्रत, सूर्य षष्ठी पर्व, रवि षष्ठी व्रत र छठीपर्व उल्लेख छ । छठ र सूर्य पूजामा भिन्नता: काँचहि बाँसके टोकरिया हो दिनानाथ टोकरी लचकत जाय बाटमे पुछए जे बटोहिया टोकरी केकर जाय ? आन्हर होयबे रे बटोहिया अरघक टोकरी छठि मायके जाय । छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दिनानाथ र छठीमायलाई सम्बोधन गरिएको छ । यसको अभिप्राय हो– दिनानाथ अर्थात् सूर्यदेव, छठीमायअर्थात् षष्ठीका देवी दुवैको छठपर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौणरूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एक अर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ । सूर्यको पूजा गर्दा षष्ठीका देवीअर्थात् छठमाताको र छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुने गरेको मान्यता पाइन्छ । षष्ठीका देवीलाई अह्लादिका शक्तिका रूपमा गौण पूजा हुने गरेको विश्वास रहेको छ । अस्ताउँदो सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ भने उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्ने तर्कसमेत पाइन्छ । को हुन छठमाता ? षष्ठीका देवीलाई कार्तिकेयको पत्नी मानिन्छ र षष्ठीका देवीलाई प्रकृतिको छैठौँ अंश र देवसेना पनि भनिएको छ । पौराणिक ग्रन्थमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकाले षष्ठीलाई छठमाता र सप्तमीलाई सूर्य मानिन्छ । षष्ठी र सूर्य गरी सात अंश अङ्कको अधिक महत्व रहेको छ । साताको सात दिन, सूर्यदेवको रथमा सात घोडा, सात समुद्र, सात अजुवा, सङ्गीतको सात सुर आदि कुरा सूर्यसँग सम्बन्धित रहेको पुष्टि हुन्छ । यस पर्वमा व्रतालुको आस्था र कठोरतालाई लोकगीतमार्फत यसरी व्यक्त गर्ने गरिएको छ – केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय मारबौ रे सुगबा धनुषसँ सुगा गिरे मुरूझाय सुगनी जे कानति वियोगसँ दीनानाथ होयब सहाय..........। अर्थात् छठपूजाका लागि राखिएको केरालाई जुठो नपार, नत्र सुगा धनुष वाणले हान्छु र तिमी मर्छौ भने तिम्रो सुगनी (दुलही) रून्छे, हे दिनानाथ सोको पाप मलाई नलागोस् भनी सूर्यदेवलाई कामना गरिएको गीतको भावले पनि यस पर्वमा चढाइने कुनै पनि कुरा स्वच्छ र पवित्र हुनुपर्दछ भन्नेतर्फ इङ्गित गर्दछ । पर्वको आरम्भ : सूर्य पुराणमा वर्णित कथा अनुसार कार्तिक शुक्ल षष्ठीका दिन हुने छठपर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसुयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ । त्यस्तै द्वापर युगको महाभारतकालमा पाण्डव अज्ञात वासमा हुँदा द्रौपदीले आफूहरूको अज्ञात वास सफल होस् भनी कामनाका साथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ । ऋग्वेदमा ‘अदित्यो वै तेज ओजो बलं यशश्चक्षः श्रोय आत्मामनः’ उल्लेख छ, जसको अभिप्राय आदित्यमण्डलको अन्तःस्थित सूर्यदेव अधिक प्रेरक, अन्तर्यामी परमात्मा स्वरूप छ तथा सूर्य नै बल, यश, चक्षु स्रोत, आत्मा र मन हो । श्रापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर कञ्चन शरीर पुुनःप्राप्त गर्नुभएकाले नै त्यहीँदेखि सूर्यको आराधना सुरू भएको मत पनि पाइन्छ । व्रत विधि: यस पर्वको विधि चतुर्थीदेखि नै सुरू हुन्छ । चतुर्थीका दिन व्रतालुले शुद्ध शाकाहारी भोजन गर्ने गर्छन्, जसलाई अरबा अरबाइन र नहा खाय अर्थात् नुहाएर खानु भनिन्छ । पञ्चमीका दिन गोबरले घर–आँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन्, यसलाई खरना भनिन्छ । षष्ठीका दिन गहुँको पीठो र चामलको पीठोबाट क्रमशः ठकुवा र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुभन्दा अगावै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ । प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिसलगायतका विभिन्न वनस्पति पनि राखिन्छ । सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुपती, नाङ्लो, माटोको कुरबार सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाको किनारमा गई सबैथोक सजाएर राखिन्छ । व्रत बस्ने कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन् । सप्तमीका दिन बिहान उषाकालमा व्रतालुले पुनः अघिल्लो दिनको क्रम दोहो¥याउँछन् । सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यले गाईको दूध चढाउँछन् । ‘ओम सूर्यायै नमः, ओम भास्करयै नमः’ को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ । छठपर्वले जनव्रतको रूप लिइसकेको छ । जुनसुकै जाति र धर्मका आस्थावान्ले छठपर्व मनाउन सकिने र आर्थिक अभाव रहेकाले भिक्षा मागेर भएपनि छठपर्व मनाउने गरेको पाइन्छ । छठपर्वको मूल सन्देश समन्वय, समावेशी र सादगीपन हो । यसमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गर्नु महत्वपूर्ण पक्ष हो । यसका साथै अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा यस पर्वमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् । सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएकाले उनीप्रति कृतज्ञताको अभिवृद्धि पनि यस पर्वले दिन्छ । आफूनै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु छठपर्वको थप मौलिकता हो, जो श्रमको सम्मानको परिचायक रहेको छ । यसमा श्रमको वैज्ञानिक रूप देखिन्छ । श्रमशक्तिले काम गर्न पाउन भन्ने कुरालाईसमेत सुक्ष्म दृष्टिले विचार गरिएको पाइन्छ । छठपर्वमा बाँसको काम गर्ने, माटोको काम गर्ने र कृषि उत्पादन गर्ने जस्ता श्रमलाई उपयोग गरिएको पाइन्छ । यो पर्व पारिवारिक जमघटको अवसर पनि हो । परिवारबाट टाढाटाढा बसेका व्यक्ति पनि छठपर्व मनाउन आफ्नो घर फर्कने गर्दछन्, जसले पारिवारिक मेल र आत्मीयताको अभिवृद्धिको अवसरसमेत प्रदान गर्दछ । विभाजन, द्वेष, एकले अर्काको अस्तित्वलाई अस्वीकार गर्ने वर्तमान अवस्थामा छठपर्वले सबैलाई एउटै स्थलमा उभ्याउने र मानवलाई मानव भएर जिउनमा सहयोगीसमेत सिद्ध भएको छ । आज खरना मनाइँदै आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै छ । जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् । बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसाद ग्रहण गर्छन् । रासस

सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
बिर्तामोडको बजेट १ अर्ब १५ करोड सार्वजनिक
असार ११, २०८३
लागू औषधसहित १९ जना पक्राउ
असार ११, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
असार १०, २०८३
धरानको बजेट अन्योल
असार १०, २०८३
डेढ लाख ऋणले उठीबास लगाएपछि देहत्याग, पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित
असार १०, २०८३
बालुवा प्रशोधन केन्द्र खारेज गर्न स्थानीयको माग
असार १०, २०८३
पहिरोले वराहक्षेत्र मन्दिरवासी समस्यामा
असार १०, २०८३
मजदुरको स्थापना दिवसमा राहत वितरण
असार १०, २०८३
कटहरी–रङ्गेली सडकको समस्या समाधान गर
असार १०, २०८३
आजको राशिफलः २०८३ साल असार १० गते बुधबार
असार १०, २०८३
सवारी दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु
असार ९, २०८३
विद्यालयले अवैधानिक शुल्क नलिएको दाबी
असार ९, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
बिर्तामोडको बजेट १ अर्ब १५ करोड सार्वजनिक
असार ११, २०८३
लागू औषधसहित १९ जना पक्राउ
असार ११, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
असार १०, २०८३
धरानको बजेट अन्योल
असार १०, २०८३
डेढ लाख ऋणले उठीबास लगाएपछि देहत्याग, पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित
असार १०, २०८३
बालुवा प्रशोधन केन्द्र खारेज गर्न स्थानीयको माग
असार १०, २०८३
पहिरोले वराहक्षेत्र मन्दिरवासी समस्यामा
असार १०, २०८३
मजदुरको स्थापना दिवसमा राहत वितरण
असार १०, २०८३
कटहरी–रङ्गेली सडकको समस्या समाधान गर
असार १०, २०८३
आजको राशिफलः २०८३ साल असार १० गते बुधबार
असार १०, २०८३
सवारी दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु
असार ९, २०८३
विद्यालयले अवैधानिक शुल्क नलिएको दाबी
असार ९, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क