Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • मेघौली विमानस्थल पुनः सञ्चालनमा

मेघौली विमानस्थल पुनः सञ्चालनमा

  • कार्तिक २३, २०७३
  • ब्लाष्ट खबर

रत्ननगर (चितवन)/लामो समयदेखि बन्द रहेको चितवनको दोस्रो विमानस्थल मेघौली विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं २०६७ देखि बन्द रहेको विमानस्थलमा अहिले पुनः विमान अवतरण हुन थालेपछि स्थानीय खुसी भएका छन् । विशेष गरी निकुञ्जभित्रका होटल विस्थापित भएसँगै यहाँ विमान अवतरण बन्द भएको थियो । तर अहिले मेघौली सेराई, होटल बाराहीलगायत स्टार तहका होटल तथा अन्य होटल सञ्चालनमा आएपछि पुनः विमान आउन थालेको भरतपुर विमानस्थलका प्रमुख शिव शर्माले जानकारी दिए । “टाइगर टप्स होटल बन्द भएपछि विमान आउन छाडेको थियो, अहिले होटल मेघौली वरपर खुलेकाले, फेरि चार्टर विमान आउन थालेको छ, विमानस्थल प्रमुख शर्माले भने, नियमित उडानका लागि समेत हामी तयार छौँ ।” यही कात्तिक २१ गते तारा एयरको १८ सिटे चार्टर विमान अवतरण भयो, स्थानीय खुसी भए । एकजना पर्यटन व्यवसायका जानकार विश्व सुवेदी यो विमानस्थललाई नियमित सञ्चालन गर्नसके चितवनको पश्चिम क्षेत्रको पर्यटन व्यवसाय फस्टाउने बताउछन् । आज, भोलि र कात्तिक २६ गते पनि तारा एयरका विमान आउने जानकारी आइसकेको भरतपुर विमानस्थलले जनाएको छ । विमानस्थलका प्रमुख शिव शर्मा अहिले १८ सिटे विमानभन्दा ठूलो चल्न नसक्ने बताउँदै नियमित चलेमा जनशक्ति समेत मेघौलीमै पठाउने बताउछन् । चितवनको भरतपुरबाट करिब ३० किलोमिटर पश्चिममा मेघौली विमानस्थल छ । विसं २०३० मा बनेको विमानस्थल २०६६ सालसम्म नियमित सञ्चालनमा थियो । विशेष गरी यहाँ होटलका चार्टर विमान बढी आउँथे । पछि विस्तारै होटल बन्द भएकाले विमानस्थल बन्द जस्तै भएको थियो । झारले विमानस्थल कुरुप भएको थियो भने भौतिक संरचना जीर्ण भएका छन् । विमानस्थलको टावर र यसका लागि चाहिने उपकरण समेत भरतपुरमा ल्याएर राखिएको शर्मा बताउछन् । “अहिले हामीले विमान आउने बेलामा कर्मचारी पठाउने गरेका छौँ, शर्माले भने, नियमित चल्ने भयो भने टावर बनाएर कर्मचारी खटाउनेछौँ ।” नेपालको तेस्रो पर्यटकीय गन्तव्य चितवन हो । चितवनको पहिलो पर्यटन क्षेत्र सौराहा हो भने दोस्रो मेघौली नै हो । चितवन निकुञ्जसँग जोडिएकाले यहाँ वाइल्ड लाइफ (जंगली जन्तु) पर्यटन र स्थानीयको संस्कृति हेर्न पर्यटक आउँछन् । बीचमा पर्यटक सुनसान भएकाले मेघौलीको आकर्षण घटेका बेला अहिले पुनः चहलपहल बढेको स्थानीय मीना न्यौपानेको अनुभव छ । विगतमा जेठ, असार, साउन र भदौमा विमानस्थल रोकिने र अन्य बेला चल्ने भएकाले मौसम अनुसार मेघौलीमा विमान सञ्चालन हुँदै आएकोमा २०६७ सालदेखि पूर्ण रोकिएको थियो । अहिले पुनः सञ्चालनमा आउँदा स्थानीयमा पर्यटन क्षेत्र फस्टाउने आशा पलाएको छ । भरतपुरबाट मैघौली जाने सडकमा खाल्डाखुल्डी बढी भएको र स्तरोन्नति नहुँदा सो क्षेत्रमा पर्यटक लैजान सकस हुँदै आएको छ । भरतपुरमा यात्रुको चाप चितवनको भरपुर विमानस्थलमा अहिले यात्रुको चाप अत्यधिक छ । दैनिक सातवटा विमान उडानको तालिका राखिए पनि मुग्लिन —नारायणगढ सडकका कारण १२ वटासम्म उडान भर्ने गरिएको विमानस्थलको भनाइ छ । नियमित बुद्ध एअरको चार र यती एयरलाइन्सको तीनवटा विमानले उडान भर्ने गरेको विमानस्थल प्रमुख शिव शर्मा बताउछन् । ४७ सिटे विमान समेत यहाँ उड्छन् । रासस

सम्बन्धित समाचार
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी

काठमाडौं । अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले फोन कल निग ...

भूराजनीतिक तनावले बढायो तेल र सुनको मूल्य

विश्वका विभिन्न क्षेत्रमा बढ्दै गएको भूराजनीतिक तनावको असर अन्तर्राष्ट्रिय ...

विराटनगरमा ‘काव्य उद्यान नेपाल’ गठन

विराटनगर । साहित्यिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘काव्य उद्यान न ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी
साउन २७, २०८३
भूराजनीतिक तनावले बढायो तेल र सुनको मूल्य
साउन २७, २०८३
विराटनगरमा ‘काव्य उद्यान नेपाल’ गठन
साउन २७, २०८३
उत्तर कोरियाली क्षेप्यास्त्रको दाबी, जापोरिज्जियामा ७ मृत
साउन २७, २०८३
इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य
साउन २६, २०८३
९ करोड ८८ लाखमा टेम्केमैयुङमा कृषि उत्पादन संकलन केन्द्र बन्दै
साउन २६, २०८३
ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
साउन २६, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
अपराध अनुसन्धानका लागि फोन निगरानी अधिकार माग्दै प्रहरी
साउन २७, २०८३
भूराजनीतिक तनावले बढायो तेल र सुनको मूल्य
साउन २७, २०८३
विराटनगरमा ‘काव्य उद्यान नेपाल’ गठन
साउन २७, २०८३
उत्तर कोरियाली क्षेप्यास्त्रको दाबी, जापोरिज्जियामा ७ मृत
साउन २७, २०८३
इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य
साउन २६, २०८३
९ करोड ८८ लाखमा टेम्केमैयुङमा कृषि उत्पादन संकलन केन्द्र बन्दै
साउन २६, २०८३
ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
साउन २६, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क