धरान /लामो समयबाट सामाजिक संजाल फेसबुकमा क्रियाशील रहेको धरान द वेस्ट ग्रुपले दुई वर्ष देखि ब्रेन ट्युमरबाट पिडित इटहरी–५की २२ वर्षीया एलिना तामाङलाई उपचार खर्चको लागि आर्थिक सहयोग गरेको छ ।

एक लाख भन्दा बढी सदस्य संख्या रहेकोे यस ग्रुपले देश बिदेशमा रहेकोे आफ्ना सदस्यहरु मार्फत सहयोगको लागि आव्हान गरेका थियो।सहयोगकालागि आर्थिक संकलन गर्न ग्रुपका एडमिन तथा सदस्यहरूको सक्रियतामा धरान,इटहरी र तरहरा लगायतको ठाउँहरुमा घरदैलो कार्यक्रम समेत गरिएको थियो।

उक्त कार्यक्रममा एडमीन लगाएत सदस्यहरुबाट संकलित १ लाख ३० हजार ६ सय ४० रुपैया बिरामीको आफन्तलाई हस्तान्तरण गरिएको थियो ।ग्रुपका एडमिन उज्वल तामाङ , जेनिल थापा,चेसुङ राई,नुनुमा राई बाट सहयोग हस्तान्तरण गरिएको थियो ।

सहयोग संकलनमा ग्रुपका एडमिन उज्वल तामाङ,जेनिल थापा,जीवन भुजेल,चेसुङ राई,रिजन तामाङ लगाएत सदस्यहरु संगिता गुरुङ,मेरि राई,नुनुमा बान्तवा,रिता राईकोसहयोग रहेको छ।

ग्रुपले विभिन्न दैवीप्रकोप,दुर्घटना तथा भइपरि आउने घटनाहरूमा सहयोग गर्दै आएको छ । यसभन्दा अगाडि धरान–३,कि एप्लाष्टिक एनिमिया पीडित नाइसा शाक्य र ललितपुर जिल्ला निवासी ब्रेन ट्युमरबाट ग्रसित शर्मिला दुतराजलाई उपचारको लागि आर्थिक सहयोग गरेको थियो ।