धरान । स्पेशल एजुकेशन सेन्टरले अटिजम जनचेतना महिनाको अवसर पारेर बुधबार धरानमा ‘ह्याप्पी वल्र्ड अटिजम सचेतना’ कार्यक्रम सम्पन्न गरेको छ ।
धरान–९ स्थित होटल रत्न इनमा गरिएको कार्यक्रममा सेन्टरले दिँदै आएको सेवाबारे जानकारी गराइयो । सोही क्रममा अभिभावक र डक्टरबीच अन्तरक्रियासमेत गरिएको सेन्टरकी निर्देशक सर्जु थापाले बताइन् ।
कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ ज्योती अग्रवाल, सिप्रा चौधरी, वसन्त राई, नशा रोग विशेषज्ञ डाक्टर प्रकाश पौडेल र प्रा.डा. निशा भट्टले अटिजमबारे सचेतना गराए ।
कार्यक्रममा सेन्टरकी निर्देशक थापाले अटिजमको बारेमा प्रष्ट पारिन् । अप्रिल महिनालाई अटिजम जनचेतना महिनाको रूपमा विश्वभर मनाइने गरिन्छ ।
प्रेमा राइ (प्रशिक्षार्थी पत्रकार)