उर्लाबारी । सामुदायिक बिकास मञ्च उर्लाबारी–६ ले बुधबार आयोजना गरेको निःशुल्क स्वस्थ्य शिविरमा ४ सय ५२ जना लाभान्वित भएका छन् ।

विराटनगर अँँखा अस्पताल र ओम शान्ति डेन्टल हस्पिटल दमकको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दाँतका ४ सय ५२ जना रोगीहरूलाई चेकजाँच तथा औषधिसमेत वितरण गरीएको थियो ।

आँखा जाँचका क्रममा फेला परेका २३ जनालाई मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिने भएकोे मञ्चका अध्यक्ष ढुण्डुराज भट्टराईले बताए । मञ्चले समाजमा रक्तदान, म्याराथुन दौड, राहत वितरणलगायतका समाजको विकासमा समारात्मक प्रभाव पार्ने कार्य गर्दै आएको उर्लाबारी नगरपालिका–६ का अध्यक्ष चिन्तामणि पौडेलले बताए ।