Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • संस्कृति
  • रजस्वला नभएका कन्याको पूजा

रजस्वला नभएका कन्याको पूजा

alt
  • भदौ ३, २०७६
  • रासस (राजकुमार पराजुली )
 
रजस्वला नभएका कन्यालाई पुज्ने व्यक्ति निरोगी हुन्छन् र ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा रजस्वला नभएका कन्या (विशेषगरी १० वर्षमुनिका) लाई श्रीकृष्ण जन्माष्टमीका अवसरमा पुज्ने गरिन्छ ।
विशेषगरी जिल्लाको मुख्य शहर बनेपामा धुमधामका साथ कन्या पूजा आयोजना गरिन्छ । बनेपा नगरमा यो पूजाको इतिहास ११७ वर्ष पुरानो हो । बनेपामा वर्षमा दुईपटक कन्या पूजाको आयोजना गरिन्छ ।
टिकट दिएर गरिने पूजा जहाँ वर्षेनी करीब दुई हजार ५०० कन्या पूजिन्छन् । नेवाः कन्या पूजा नाम दिइएको टिकलवाला कन्या पूजा आज बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना भएको छ । “हामीले यसलाई वर्षौँदेखि निरन्तरता दिइरहेका छौँ, यसको आफ्नै मान्यता रहेको छ”, नेवाः कन्या पूजा प्रबन्ध समितिका अध्यक्ष रत्नभक्त पोटेले भने ।
 
अर्को, बिनाटिकट, स्वतःस्फूर्त गरिने कन्या पूजा कृष्ण जन्माष्टमीका दिनमा वर्षेनी करीब आठ हजार कन्या सहभागी हुने गर्दछन् । बनेपा नगरको भोलाखाँटोलदेखि लायकु दरबार तथा पुरानो बजारको दायाँबायाँ चारदोबाटोसम्म पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । १० वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।
 
कन्यालाई पुज्न काठमाडाैं, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका सनातन कन्या पूजा प्रबन्ध समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिए । उनका अनुसार समितिमार्फत १३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् ।
 
पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन छ । पूजामा जिल्लाको मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर तथा काठमाडौँका कन्याको पनि सहभागिता रहने गर्दछ । यस अवसरमा बनेपालीका घरमा आफन्तको आउने जाने क्रम चलिरहन्छ । बनेपालीले विसं १९५९ देखि रजस्वला नभएका कन्याको पूजा गर्दै आएका हुन् ।
 
स्थानीय समाजसेवी लम्बोदर कायस्थले भन्नुभयो, “रजस्वला नभएका कन्याको पूजा गर्नाले उनीहरुमा सुख, शान्ति, समृद्धि छाउने जनविश्वास छ ।” जिल्लाका विभिन्न स्थानमा वर्षेनी १५ हजारभन्दा बढी कन्या पुजिन्छन् । बनेपाका भोछिभोया खलक चण्डेश्वरीका सन्तती मानिने भएकाले कुनै जाति या वर्गका आधारमा भेदभाव नराखी पूजा गरिन्छ ।
 
बनेपा–३ भोलाखाँटोलमा गणेश र कुमारको पूजा भएपछि मात्र कन्या पूजा शुरु हुने गर्दछ । स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार कुनै समय बनेपाका एक नेवार समुदायका व्यक्तिले धेरै दुःख भएपछि घरको बुइगलमा राखेर आफ्ना घरका कन्यालाई पूजा गरेका थिए ।
 
सोही प्रचलनअनुरुप नेवार समुदायका रजस्वला नभएका कन्या मात्रै पुजिँदै आइए पनि केही वर्षदेखि नेवार समुदायका साथै विभिन्न जातजातिका कन्यासमेत पुजिँदै आएका छन् । विगत केही वर्षदेखि जिल्लाका अन्य स्थानमा पनि कन्या पूजाको आयोजना गर्दै आइएको छ । कृष्ण जन्माष्टमीका दिन बनेपा नगरका साथै जिल्लाका बुडोल, दोलालघाट, भैँसेपाटी, धनेश्वर, धुलिखेल, दाप्चा, साँगा र पनौतीमा पनि कन्या पूजाको आयोजना गरिन्छ ।
सम्बन्धित समाचार
‘इमान्दार प्रयासले सुधारका नयाँ ढोका खुल्छन्’ : प्रधानमन्त्री शाह

विजयपुर । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबाटै ...

६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ

धनकुटा । धनकुटामा ट्रकमा लुकाइछिपाई ओसारपसार गरिएको ६ सय ४७ किलोग्राम गाँजा ...

किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?

धरान । नेपालको शेयर बजारमा अहिले ‘सर्ट सेलिङ’ को व्यापक चर्चा परिचर्चा भइरह ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
‘इमान्दार प्रयासले सुधारका नयाँ ढोका खुल्छन्’ : प्रधानमन्त्री शाह
साउन २३, २०८३
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ
साउन २२, २०८३
किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?
साउन २२, २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु
साउन २२, २०८३
कमिसन खाने हाकिम अख्तियारको फन्दामा
साउन २१, २०८३
धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ
साउन २१, २०८३
विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि जर्मनीमा सतर्कता
साउन २१, २०८३
क्षेप्यास्त्र रोक्ने प्रणालीको अभावले युक्रेनमा बढ्यो मानवीय क्षति
साउन २१, २०८३
रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट १७ युक्रेनी नागरिकको मृत्यु
साउन २१, २०८३
पेस्तोलसहित तीन पक्राउ
साउन २१, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
‘इमान्दार प्रयासले सुधारका नयाँ ढोका खुल्छन्’ : प्रधानमन्त्री शाह
साउन २३, २०८३
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ
साउन २२, २०८३
किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?
साउन २२, २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु
साउन २२, २०८३
कमिसन खाने हाकिम अख्तियारको फन्दामा
साउन २१, २०८३
धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ
साउन २१, २०८३
विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि जर्मनीमा सतर्कता
साउन २१, २०८३
क्षेप्यास्त्र रोक्ने प्रणालीको अभावले युक्रेनमा बढ्यो मानवीय क्षति
साउन २१, २०८३
रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट १७ युक्रेनी नागरिकको मृत्यु
साउन २१, २०८३
पेस्तोलसहित तीन पक्राउ
साउन २१, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क