Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • अष्ट्रेलिया र मलेसियामा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

अष्ट्रेलिया र मलेसियामा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

alt
  • पुस २२, २०७६
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणका लागि अष्ट्रेलियावासी र त्यहाँ रहेका नेपालीलाई निमन्त्रणा गरेका छन् । भ्रमण वर्ष सन् २०२० को अन्तरराष्ट्रिय रुपमा आज  अष्ट्रेलियामा औपचारिक शुभारम्भ गर्दै उनले जीवनको नयाँ अनुभवका लागि नेपालको भ्रमण गर्न सबैमा अनुरोध गरेका छन् ।

प्राकृतिक हिसाबले विश्वकै धनी देश नेपालमा भ्रमण गर्न आग्रह गर्दै उनले भने, “लाइफ टाईम एक्सप्रियन्सका लागि भ्रमणको निम्तो दिन चाहान्छु ।” नेपालमा विशेष तयारीका साथ यस वर्षलाई भ्रमण वर्षका रुपमा मनाउन लागिएको जानकारी दिँदै उनले नेपालको पर्यटकीय महत्वका बारेमा जानकारी दिएका थिए ।

काठमाडौँ र अष्ट्रेलियाबीच सिधा उडानका लागि सम्झौता पछि कार्यान्वयनका लागि पहल भइरहेको भन्दै उनले दुई देशका बीचमा लामो समयदेखि कूटनीतिक सम्बन्ध रहेको बताए । आफ्नो मन्तव्यको शुभारम्भमा नै मन्त्री भट्टराईले डढेलोका कारण अष्ट्रेलियावासी जनतामा परेको समस्याप्रति दुःख व्यक्त गर्दै उनले मृतकहरुप्रति समवेदना प्रकट गरेका थिए । छिट्टै डढेलो नियन्त्रणमा आएर यहाँको जानजीवन सहज हुने पनि उनले विश्वास व्यक्त गरे ।

सो अवसरमा न्यू साउथ वेयल्स राज्य संसद्का सभामुख जोनाथन वडीले नेपाल सुन्दर रहेको भन्दै भ्रमणका लागि धेरैभन्दा धेरै अष्ट्रेलियावासी जाने विश्वास व्यक्त गरे । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्षलाई सफल बनाउन यहाँ रहेका सम्पूर्ण नेपालीहरुमा आनुरोध गरे । आफू र आफ्ना यहाँका नेपाली एवं अष्ट्रेलियन साथीहरुलाई भ्रमणका लागि नेपाल लैजान उनको आग्रह थियो ।

सो अवसरमा अष्ट्रेलियाका पक्ष र प्रतिपक्ष दल एवं काउन्सिलका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो । कार्यक्रम शुरु हुनुअघि सिड्नीको सर्कुलर क्येवमा मौन जुलुसमार्फत पर्यटन वर्षको प्रवद्र्धन पनि गरिएको थियो । अहिले सिड्नीमा नै यहाँका राजनीतिक दल, कूटनीतिज्ञ, पर्यटन व्यवसायी, व्यवसायी, गैरआवासीय नेपाली महासङ्घका विभिन्न तह र तप्कामा रहेका व्यक्तिको उपस्थितिमा भ्रमण वर्षका सम्बन्धमा छलफल एवं रात्रिभोज शुरु भएको छ ।

गत वर्ष अष्ट्रेलियाबाट ३३ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क रहेको छ । यो सङ्ख्यालाई दोब्बरभन्दा बढी बनाउन राजदूतावास लागि परेको छ । गैर आवासीय नेपाली महासङ्घ र न्यू साउथ वेयल्सको महावाणिज्य दूतावासको सहयोगमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो ।

 त्यस्तै, मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल भ्रमण वर्ष २०२० मा अधिकभन्दा अधिक मलेसियालीलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज क्वालालम्पुरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

मलेसियाका पर्यटन, कला तथा संस्कृतिमन्त्री दातुक मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालयलगायत सरकारी कार्यालय, पर्यटन प्रवद्र्धनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय, मलेसिया र नेपालबीच हवाईसेवा सञ्चालन गर्ने कम्पनीहरु, यात्रा व्यवसायी, होटल सञ्चालक, उद्योगी तथा व्यापारिक वर्गका साथै स्थानीय सञ्चारकर्मीको सहभागिता रहेका नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा प्रमुख अतिथि केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना व्यक्त गर्दै विश्वका धेरै पर्यटकहरुको रोजाइमा नेपाल रहने गरेको बताए । उनले पर्यटनको विकासका लागि उत्पादकत्व, प्रचार प्रसार, बजार रणनीति, मानवस्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले निर्वाह गरेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा उपलब्ध अवसरबारे जानकारी दिँदै नेपाल र मलेसियाबीच पर्यटन प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताए ।

सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
धरानमा पटकपटक विद्युत अवरुद्ध: प्राधिकरणलाई ध्यानाकर्षण
असार ४, २०८३
सुनसरीको महिला बास्केटबल टिम सेमिफाइनल प्रवेश
असार ४, २०८३
भन्सार गेटबाट ब्राउन सुगरसहित चार जना पक्राउ
असार ४, २०८३
६ महिनापछि कोशीमा इन्डोस्कोपी सेवा
असार ४, २०८३
धरान औद्योगिक क्षेत्रका उद्योगी तिर्दैनन् राजस्व
असार ४, २०८३
किसानको आवश्यकता बुझ
असार ४, २०८३
आजको राशिफलः २०८३ साल असार ४ गते बिहीबार
असार ४, २०८३
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज: चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
असार ३, २०८३
कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
असार ३, २०८३
खेलकुदमा अब्बल खेलाडीलाई युएन कलेजको सम्मान
असार ३, २०८३
नयाँ बसपार्क तत्काल सञ्चालन गर्न दबाव
असार ३, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
असार ३, २०८३
महिलालाई कालोमोसो दलेको घटनामा सञ्जालको आपत्ति
असार ३, २०८३
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
धरानमा पटकपटक विद्युत अवरुद्ध: प्राधिकरणलाई ध्यानाकर्षण
असार ४, २०८३
सुनसरीको महिला बास्केटबल टिम सेमिफाइनल प्रवेश
असार ४, २०८३
भन्सार गेटबाट ब्राउन सुगरसहित चार जना पक्राउ
असार ४, २०८३
६ महिनापछि कोशीमा इन्डोस्कोपी सेवा
असार ४, २०८३
धरान औद्योगिक क्षेत्रका उद्योगी तिर्दैनन् राजस्व
असार ४, २०८३
किसानको आवश्यकता बुझ
असार ४, २०८३
आजको राशिफलः २०८३ साल असार ४ गते बिहीबार
असार ४, २०८३
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज: चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
असार ३, २०८३
कुलो पुनर्निर्माण नहुँदा चार वर्षदेखि बाँझै छ माझीटार
असार ३, २०८३
खेलकुदमा अब्बल खेलाडीलाई युएन कलेजको सम्मान
असार ३, २०८३
नयाँ बसपार्क तत्काल सञ्चालन गर्न दबाव
असार ३, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
असार ३, २०८३
महिलालाई कालोमोसो दलेको घटनामा सञ्जालको आपत्ति
असार ३, २०८३
धरानमा ६४ किलो गाँजा बरामद, घरधनी फरार
असार २, २०८३
एघार फरार प्रतिवादी पक्राउ
असार २, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क