Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विशेष
  • झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

झापाको स्यालमारामा एसएसबीद्वारा नेपाली भूमि अतिक्रमण

alt
  • जेठ ४, २०७७
  • ब्लाष्ट खबर

झापा गाउँपालिका वडा नं १ मा रहेको स्यालमारामा भारतले २० बिघा नेपाली भूमि अतिक्रमण गरेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दशगजाभन्दा ५० मिटरभित्रसम्म घुसेर नेपाली भूमि कब्जा गरेको हो । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले विगत सात वर्षदेखि भारतीय एसएसबीले सो जग्गामा नेपालीलाई भोगचलन गर्न नदिएको बताए । त्यसअघि नेपालीहरुले सो जग्गामा खेती गर्दै आएका थिए ।

भारतको विहार प्रान्तसँग सीमा जोडिएको सो स्थानमा रहेको १११ नं सीमास्तम्भ माओवादी द्वन्द्वका बेला हराएको थियो । सीमास्तम्भ हराएपछि भारतीय एसएसबीले नेपालीलाई सीमास्तम्भ उखेलेर लगेको बताउँदै २० बिघा जग्गा कब्जा गरेको गाउँपालिकाका अध्यक्ष साहले बताए । ‘नेपालको भूमि हो भनेर जानीजानी भारतीय एसएसबीले स्यालमाराको २० बिघा नेपाली भूमि कब्जा गरेको छ”, गाउँपालिकाका अध्यक्ष साहले रासससँग भने, “आफ्नो जग्गा खनजोत गर्न जाँदा हतियार देखाएर अवरोध पुर्याइने गरेको छ ।” उनका अनुसार अतिक्रमित भूमि स्थानीय १२ जना नेपालीको नम्बरी जग्गा हो ।

जग्गाको धनीपूर्जा नेपालीहरुसँगै छ भने सोको मालपोत जग्गाधनीहरुले तिरिरहेका छन् । भारतीय सुरक्षाकर्मीले उक्त जग्गामा स्थानीय जग्गाधनीलाई भोगचलन गर्न निषेध गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम, उपचार, समन्वय तथा अनुगमन समिति झापाले भारतसँग जोडिएका सीमावर्ती स्थानका सुरक्षा चौकीहरुको अनुगमन गरी पारित गरेको प्रतिवेदनमा समेत भारतद्वारा गरिएको भूमि अतिक्रमणबारे उल्लेख छ ।

सङ्घीय सांसद्, प्रदेश सांसद, पालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थितिमा समितिले यही वैशाख १९, २२ र २३ गते भारतसँग सीमा जोडिएको झापाको उत्तरी मेचीनगरको पाटापुरदेखि दक्षिणी गौरीगञ्जसम्मको १४४ दशमलव दुई किलोमिटर लामो सीमाक्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुगमनको प्रतिवेदन शनिबारको बैठकले पारित गरेको छ ।

अनुगमन प्रतिवेदनमा झापा गाउँपालिकाको वडा नं १ स्यालमारा भन्ने सीमा क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको पाइएको हुँदा सो भूमि फिर्ता गराइनुपर्ने उल्लेख गरिएको छ । अनुगमन समितिले प्रतिवेदनमा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि वर्षायाम शुरु भएको हुँदा तत्काल रेनकोट, गमबुटको व्यवस्था गर्नुपर्ने, अस्थायी चौकीहरुलाई हावापानीबाट सुरक्षित हुने गरी स्थायी संरचनामा बदल्नुपर्ने, चौकीसम्म पुग्ने बाटो निर्माण गरिनुपर्ने, वाटरसिल शौचालय निर्माण गरिनुपर्ने, सशस्त्र प्रहरी गणलाई नयाँ सवारी साधन उपलब्ध गराइनुपर्ने, सशस्त्र प्रहरीको बिओपीमा चारचक्के सवारी साधन उपलब्ध गराइनुपर्नेलगायतको सुझाव दिइएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताए ।

उनका अनुसार प्रतिवेदनमा सीमा क्षेत्रमा दीर्घकालीनरूपमा सुरक्षा चौकी राखेर स्थायी संरचना निर्माण गर्न, जनशक्तिको थप व्यवस्थापन गर्न, सीमा क्षेत्र केन्द्रित मोबाइल टावरहरु विस्तार गर्न, एक चौकीबाट अर्को चौकीसम्म निगरानी गर्न सिसी क्यामेरा जडान गर्न र मेचीपारीको नेपाली बस्तीसम्म पुग्न पुलको व्यवस्था गर्न सुझाव दिइएको छ ।

सम्बन्धित समाचार
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ

धनकुटा । धनकुटामा ट्रकमा लुकाइछिपाई ओसारपसार गरिएको ६ सय ४७ किलोग्राम गाँजा ...

किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?

धरान । नेपालको शेयर बजारमा अहिले ‘सर्ट सेलिङ’ को व्यापक चर्चा परिचर्चा भइरह ...

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु

बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको एक विद्यालयमा शुक्रबार गोली ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ
साउन २२, २०८३
किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?
साउन २२, २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु
साउन २२, २०८३
कमिसन खाने हाकिम अख्तियारको फन्दामा
साउन २१, २०८३
धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ
साउन २१, २०८३
विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि जर्मनीमा सतर्कता
साउन २१, २०८३
क्षेप्यास्त्र रोक्ने प्रणालीको अभावले युक्रेनमा बढ्यो मानवीय क्षति
साउन २१, २०८३
रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट १७ युक्रेनी नागरिकको मृत्यु
साउन २१, २०८३
पेस्तोलसहित तीन पक्राउ
साउन २१, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
डिपो बास्केटबलमा प्रभात च्याम्पियन
साउन १९, २०८३
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ
साउन २२, २०८३
किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?
साउन २२, २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु
साउन २२, २०८३
कमिसन खाने हाकिम अख्तियारको फन्दामा
साउन २१, २०८३
धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ
साउन २१, २०८३
विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि जर्मनीमा सतर्कता
साउन २१, २०८३
क्षेप्यास्त्र रोक्ने प्रणालीको अभावले युक्रेनमा बढ्यो मानवीय क्षति
साउन २१, २०८३
रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट १७ युक्रेनी नागरिकको मृत्यु
साउन २१, २०८३
पेस्तोलसहित तीन पक्राउ
साउन २१, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
डिपो बास्केटबलमा प्रभात च्याम्पियन
साउन १९, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क