धरान डेक्स  : नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीहरु आमा बन्ने क्रम धमाधम छ । अभिनेत्री गरिमा पन्त र रक्षा श्रेष्ठपछि अहिले अभिनेत्री तथा कमेडी च्याम्पियनकि निर्णायक ऋचा शर्मा पनि आमा बनेकी छिन । 

उनले बच्चालाई जन्मदिनकै लागि च्याम्पियनबाट विश्राम लिएकी थिइन् । उनले छोरालाई जन्म दिएकी हुन् ।

बुधबार मात्र हस्पिटल भर्ना भएकी उनले बिहान छोरालाई जन्म दिएकी हुन् । पारिवारिक श्रोतका अनुसार उनको सिजर गरिएको हो । आमाछोराको अवस्था स्वस्थ रहेको बुझिएको छ ।

करिब २ वर्षअघि दिपेक्षविक्रम राणासँग विवाह बन्धनमा बाँधिएकी ऋचालाई पुत्र लाभ भएको हो । यतिबेला सामाजिक सञ्जालमा ऋचाको श्रीमानले छोरा काखमा लिएको फोटो बाहिरिएको छ ।

जसमा सामाजिक संजाल प्रयोगकर्ता तथा सेलिब्रेटिहरुको बधाईको ओइरो लागेको छ । उमा, लुट लगायतको दर्जनौँ चलचित्रमा काम गरेकी शर्मा अभिनयमा अब्बल मानिन्छन् ।