Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • विपत्ले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान

विपत्ले ३० वर्षमा ३८ खर्ब डलरको बाली नोक्सान

alt
  • असोज २६, २०८०
  • ब्लाष्ट खबर

प्राकृतिक तथा मानव निर्मित प्रकोपका कारण ३० वर्षमा बाली तथा पशुधनमा ३८ खर्ब अमेरिकी डलर बराबरको नोक्सान भएको सयुंक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले शुक्रबार जनाएको छ ।

बाढी, खडेरी, किराको प्रकोप, आँधी, रोग तथा युद्धका कारण सन् १९९१ देखि २०२१ को बीचमा प्रतिवर्ष एक खर्ब २३ अर्ब डलर बराबरको खाद्यान्न उत्पादन गुमाएको एफएओले एक प्रतिवेदनमा जनाएको छ। यो कूल उत्पादनको पाँच प्रतिशत तथा प्रतिवर्ष आधा अर्ब मानिसलाई खुवाउन पुग्ने खाद्यान्न रहेको समेत प्रतिवेदनमा उल्लेख छ । एफएओले पहिलो पटक विश्वव्यापी तथा व्यक्तिगत दुवै स्तरमा प्रकोपको लागत मापन गर्ने उद्देश्यले यस्तो अनुमान सङ्कलन गर्ने प्रयास गरेको हो । “अन्तराष्ट्रिय समुदायले यो तथ्यको समीक्षा गर्दा सन् १९७० को दशकदेखि प्रकोपहरू चौगुनाले बढ्दै गएको छ, यसले खाद्य उत्पादनको प्रभावलाई बढाएको छ”, एफएओका तथ्याङ्क विभागका उपप्रमुख पिइरो कोन्फोर्टीले भने। एफएओका अनुसार प्रकोपको गम्भीरता र तीव्रता बढ्दै गएको छ । सन् १९७० को दशकमा प्रतिवर्ष हुने यस्ता प्रकोपका घटना एक सयबाट बढेर पछिल्लो २० वर्षमा प्रतिवर्ष चार सय पुगेको छ । यसका लागि मानव र पशुजन्य रोगका साथै मौसम परिवर्तन बढ्दो जिम्मेबार रहेको एफएओको भनाइ छ।

“बाढी, खडेरी, पानीको अभाव, जैविक विविधतामा भएको क्षति र वातावरणीय ह्रासजस्ता असङ्ख्य जोखिमका कारण विश्वभर कृषि क्षेत्र बढ्दो जोखिमले अवरुद्ध छन्”, एफएओले भनेको छ । एफएओले जलवायु परिवर्तन, महामारी र सशस्त्र द्वन्द्वका कारण विपत् जोखिमको प्रणलीगत चालकहरू पहिचान गरेको छ । उक्त संस्थाका अनुसार औसत वार्षिक खाद्यान्न क्षति छ करोड ९० लाख टन हुने गरेको जुन फ्रान्सको वार्षिक उत्पादन बराबर हो । त्यस्तै चार करोड टन फलफुल तथा तरकारीको उत्पादन र एक करोड ६० लाख टन मासु, माछा र अन्डा नष्ट भएको छ। एफएओले विपत्का कारण कृषि क्षेत्रमा करिब २३ प्रतिशत नोक्सानी भएको उल्लेख गरेको छ । त्यस्तै गरिब राष्ट्रहरूले कृषि उत्पादनमा १० प्रतिशतसम्म क्षति बेहोरिरहेका छन् । यसमा पनि एसियासबै भन्दा धेरै प्रवाभित क्षेत्र हो । एसियामा विपत्का कारण कूल कृषि क्षतिको ४५ प्रतिशत र कूल कृषि उत्पादनको चार प्रतिशत बराबर नोक्सान भएको छ। यसै गरी प्रभावित अफ्रिकी राष्ट्रहरूले खडेरीका कारण खाद्यान्न उत्पादनको औसत १५ प्रतिशत क्षति बेहोरेका छन् ।

यो पनि - कोशी प्रदेशको मुख्यमन्त्रीका लागि भोलिसम्म समय थप यो पनि - गाजा सहर खाली गर्न सर्वसाधारणलाई इजराइली सेनाको आदेश यो पनि - गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल यो पनि - सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको डिपीआर ३० महिनाभित्र तयार पार्ने सहमति यो पनि - आईएमएफ र विश्व बैंकद्वारा गरिबी र जलवायु परिवर्तनका लागि थप कोष माग यो पनि - फ्रान्समा विद्यालय परिसरमा छुरा प्रहार गरी एक शिक्षकको हत्या, अन्य दुई घाइते
सम्बन्धित समाचार
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ

धनकुटा । धनकुटामा ट्रकमा लुकाइछिपाई ओसारपसार गरिएको ६ सय ४७ किलोग्राम गाँजा ...

किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?

धरान । नेपालको शेयर बजारमा अहिले ‘सर्ट सेलिङ’ को व्यापक चर्चा परिचर्चा भइरह ...

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु

बैंकक । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको एक विद्यालयमा शुक्रबार गोली ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ
साउन २२, २०८३
किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?
साउन २२, २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु
साउन २२, २०८३
कमिसन खाने हाकिम अख्तियारको फन्दामा
साउन २१, २०८३
धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ
साउन २१, २०८३
विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि जर्मनीमा सतर्कता
साउन २१, २०८३
क्षेप्यास्त्र रोक्ने प्रणालीको अभावले युक्रेनमा बढ्यो मानवीय क्षति
साउन २१, २०८३
रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट १७ युक्रेनी नागरिकको मृत्यु
साउन २१, २०८३
पेस्तोलसहित तीन पक्राउ
साउन २१, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
डिपो बास्केटबलमा प्रभात च्याम्पियन
साउन १९, २०८३
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ
साउन २२, २०८३
किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?
साउन २२, २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु
साउन २२, २०८३
कमिसन खाने हाकिम अख्तियारको फन्दामा
साउन २१, २०८३
धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ
साउन २१, २०८३
विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि जर्मनीमा सतर्कता
साउन २१, २०८३
क्षेप्यास्त्र रोक्ने प्रणालीको अभावले युक्रेनमा बढ्यो मानवीय क्षति
साउन २१, २०८३
रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट १७ युक्रेनी नागरिकको मृत्यु
साउन २१, २०८३
पेस्तोलसहित तीन पक्राउ
साउन २१, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
लाखौँ खर्चिएको जिम हल अझै सञ्चालनमा आएन
साउन २०, २०८३
औद्योगिक प्रदूषणले खेत सखाप
साउन २०, २०८३
होर्मुज खुलाउने पहलमा प्रगति, जहाज आवागमनमा इरानको निगरानी प्रस्ताव
साउन २०, २०८३
इंग्लिस च्यानलमा डुङ्गामा आगलागी, १७३ आप्रवासीको उद्धार
साउन २०, २०८३
डिपो बास्केटबलमा प्रभात च्याम्पियन
साउन १९, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क