श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार १९ गते शुक्रबार, ३ जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ कृष्णपक्षको तृतीया तिथि ११ः३५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र श्रवण ११ः५८ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः१२ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानीसमेत बढाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समुदायको हितमा केही काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आजको मिहिनेतले पछिसम्म लाभ दिलाउन सक्छ । आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। बिग्रिएको काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।घुमफिर तथा मनोरञ्जनको समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाइको सहयोगले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ।