धरान । काेशी राजमार्ग अन्तरगत सुनसरीकाे धरान उपमहानगरपालिका ८ साम्पाङ चाेक नजिकै टेम्पाेले माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालक घाइते भएका छन् । 

बागमती प्रदेश ३-०२-००७ प ८२३० नम्बरकाे माेटरसाइकललाई ठक्कर दिँदा चालक भाेजपुरका रामबहादुर तामाङ घाइते भएका हुन् । उनलाई धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीले जनाएकाे छ । चालक बाेल्न सक्ने अवस्थामा छन् । 

इटहरीतर्फबाट आउँदै गरेकाे माेटरसाइकललाई प्रदेश १-०२-००४ ह ४२६९ नम्बरकाे टेम्पाेले ठक्कर दिएकाे हाे । टेम्पाे चालक भने सकुशल रहेकाे प्रहरीले जनाएकाे छ । माेटरसाइकलमा सामान्य क्षति पुगेकाे छ भने टेम्पाेकाे अग्रभागमा क्षति पुगेकाे प्रहरीले जनाएकाे छ ।