श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन ४ गते सोमबार, २० जुलाई २०२६, रौद्रनाम संवत्सर। आषाढ शुक्लपक्षको षष्ठी तिथि भोलि ०४ः२३ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र हस्ता ०७ः२७ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः२० बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ। तर परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विश्वासपात्रबाट धोका हुनसक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शङ्का गर्ने बानीले पछि परिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
योजना कार्यान्वयनमा प्रतिस्पर्धीहरूले बाधा पु¥याउलान्। समयमा रकम नजुट्नाले काम रोकिन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको फाइदाका लागि उपयोग भइनेछ ।शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिले रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।रोकिएका घरेलु कामकाज विस्तारै बन्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हतारको निर्णयले काम बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा अप्ठ्यारो कामसमेत सम्पादन हुनेछ। सोचेको काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतीक्षित नतिजा कमजोर रहला। प्रक्रिया नमिल्नाले काम दोहो¥याउनु पर्ला। सहयोगीहरूले साथ दिन छाड्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम बिग्रनाले मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। काममा बढी परिश्रम र लगानी गर्नुपर्ला।