वि.सं. २०७३ साल चैत २२ गते। मंगलवार। इश्वी सन् २०१७ अप्रिल ४ तारिख। नेपाल संवत् ११३७ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– अष्टमी, १५:१५ बजेउप्रान्त नवमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दु:ख पाइनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) व्यवहारले अरूलाई आकर्षण गर्ने बेला छ। मिहिनेत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभासमारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अभिव्यक्ति कलामा निखारता आउनेछ। जिम्मेवारी बढ्नेछ भने बुद्धिको उपयोगले मनग्गे धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) पहिलेको सफलताले हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। अघिल्लो नतिजाले काममा हौसला जगाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। मनग्गे धनलाभ हुने समय छ। कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) सुरुमा खर्च लागे पनि पहिलेको लगानीले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दु:ख देलान्। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। तापनि, चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउने समय छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ला। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) रकम अभावले आजको योजना स्थगित हुन सक्छ। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। ठूलो भागको मोहले भएको वस्तुसमेत गुम्न सक्छ। ईर्ष्या गर्नेहरूले काममा बाधा पुर्याउनेछन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउन सक्छन्। प्रतिफल अनिश्चित रहे पनि पछिका लागि गरिएको लगानीले भने अवश्यै फाइदा दिनेछ। कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoविगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। प्रतिष्ठित व्यक्तिहरूसँग वादविवाद हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। सहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य कामले लोकप्रिय बनाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै प्रयत्नले दोहोरो लाभ दिलाउन सक्छ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक वा मंगलमय कृत्य सम्पादन हुन सक्छ। बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) गोपनीयता बाहिरिनाले समस्या आउन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। तत्काल लाभ नभए पनि सकारात्मक संकेत प्राप्त हुनेछ। नयाँ काममा हात हाल्न समय पर्खनुहोला। शुभचिन्तकहरूले साथ दिनेछन्। पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ। भैपरी आउने समस्या समेत सुल्झाउन सकिनेछ। धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) काम बिग्रने डरले सताउन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। तापनि भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोग लिँदा चिताएको काम सम्पादन गर्न सकिनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। (नेपाली पात्रो)