Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • खेलकुद
  • शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन

शहीद स्मारक लिग : आर्मीलाई हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन

alt
  • फागुन ४, २०७६
  • ब्लाष्ट खबर
 
काठमाडाैं / नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लिगको नयाँ च्याम्पियन बनेको छ । आर्मीलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक उपाधि जित्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजाे भएको खेलको ३३औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गर्न पुगे । मच्छिन्द्रका रन्जित धिमालले प्रहार गरेको फ्री किक क्लियर गर्ने क्रममा आर्मीका तामाङले आफ्नै गोल पोष्टमा गोल गर्न पुगेका थिए ।
सो आत्मघाती गोल रोक्ने क्रममा आर्मीका गोलकिपर विकेश कुथु पोलमा ठोक्किएर घाइते भए । कम्मरमा चोट लागेका उनलाई उपचारका लागि नजिकैको ब्लु क्रस अस्पताल लगिएका थियो । विकेशको ठाउँमा विश्वास चौधरीलाई खेलाइएको थियो । खेल अवधिभर मच्छिन्द्र आर्मीमाथि हाबी रह्यो । आर्मीले गोल फर्काउने प्रयास गरे पनि मच्छिन्द्रका अगाडि निरीह सावित भयो ।
खेलको ६८औँ मिनेटमा भरत खवास तथा ७९औँ मिनेटमा टङ्क बस्नेतको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । खेलको ८५औँ मिनेट मच्छिन्द्रका दिपक राईको फ्री किक गोल पोष्ट बाहिर गयो । मछिन्द्र १३ खेलमध्ये १० मा जित, दुईमा हार तथा एकमा बराबरीका साथ ३१ अङ्कसहित लिगको विजता बनेको हो । उपाधिसँगै उसले रु ५० लाख पुरस्कार प्राप्त ग¥यो । आर्मीले १३ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा दुईमा बराबरी खेल्दै २९ अङ्क जोडेर लिगको उपविजेतामै चित्त बुझायो ।
उसले रु ३५ लाख पुरस्कार प्राप्त ग¥यो । मच्छिन्द्र अघिल्लो संस्करणमा पुछारबाट दोस्रो स्थानमा रहेको थियो । लिग च्याम्पियन बन्न मच्छिन्द्रसित बराबरी खेले पनि पुग्ने भए पनि आर्मीले स्तरीय खेल प्रदर्शन गर्न सकेन । मछिन्द्र उपाधि होडमा पहिलो पटक सामेल भएको हो भने आर्मी विसं २०६३ को लिगमा नेपाल पुलिससित पराजित भई उपविजेता बनेको थियो । गत मङ्सिर २७ गतेदेखि शुरु भएको शहीद स्मारक लिगको उद्घाटन खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइजलाई २–० गोलले हराउँदै लिगमा विजयी शुरुआत गरेको थियो । मच्छिन्द्र विसं २०६० मा पहिलो पटक ए डिभिजन लिगमा उक्लिएको हो । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका आन्द्रेस निया घोषित भए । लिगमा २८ अङ्क बनाएको मनाङ–मस्र्याङ्दी क्लब तेस्रो, २६ अङ्क बनाएको थ्री स्टार चौथो तथा २० अङ्कसहित नेपाल पुलिस क्लब पाँचौँ तथा १९ अङ्क बनाएको जाउलाखेल युथ क्लब छैटौँ भयो ।
उनीहरुले क्रमशः रु २५ लाख, रु १५ लाख, रु सात लाख र रु पाँच लाख पुरस्कार प्राप्त गरे । लिगमा चार अङ्क मात्र बटुलेको सरस्वती युथ क्लब बी डिभिजनमा घटुवा भएको छ ।
ए डिभिजन लिगमा १४ क्लब सहभागी थिए । हरेक खेलको विजेता टोलीलाई रु ५० हजार प्रदान गरिएको थियो । विजेता खेलाडी, प्रशिक्षक तथा टोलीलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष कर्मारिछरिङ शेर्पालगायतले पुरस्कार वितरण गरे ।
लिगमा भरत, विशाल र अनन्त उत्कृष्ट लिगको उत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, थ्री स्टारका अनन्त तामाङ लिगको उत्कृष्ट डिफेन्डर, मनाङ मस्र्याङ्दी क्लबका दीप कार्की लिगकै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका विशाल राई ‘बी’, मच्छिन्द्र क्लबका प्रवेश कटवाल लिगको उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरे । मच्छिन्द्रका विशाल राई उत्कृष्ट मिडफिल्डर र न्युरोड टिमका दर्शन गुरुङ युवा खेलाडी चुनिए । दुवैले जनही रु एक लाख पुरस्कार प्राप्त गरे । लिगको फेयर प्ले पुरस्कार थ्री स्टार क्लबले प्राप्त ग¥यो । उसले रु एक लाख पुरस्कार प्राप्त ग¥यो ।
सम्बन्धित समाचार
ज्ञानोदय मा.वि.मा कर्मचारी नियुक्ति विवाद

धरान । विभिन्न विवादमा मुछिँदै आएको धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय म ...

साढे २६ करोड बजेट कावा प्रमुखले आफूखुसी राख्न खोजे: वडाध्यक्ष

विजयपुर । धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम बेघाले ...

बराहक्षेत्रबाट ४ सय१८ किलो गाँजासहित चार जना पक्राउ

विजयपुर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ४१८ किलो गाँजासहित चार जनालाई पक ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
ज्ञानोदय मा.वि.मा कर्मचारी नियुक्ति विवाद
साउन २३, २०८३
साढे २६ करोड बजेट कावा प्रमुखले आफूखुसी राख्न खोजे: वडाध्यक्ष
साउन २३, २०८३
बराहक्षेत्रबाट ४ सय१८ किलो गाँजासहित चार जना पक्राउ
साउन २३, २०८३
धरान बजार अनुगमन: अनधिकृत ग्यास बिक्री गर्ने व्यवसायीलाई स्पष्टीकरण माग
साउन २३, २०८३
‘इमान्दार प्रयासले सुधारका नयाँ ढोका खुल्छन्’ : प्रधानमन्त्री शाह
साउन २३, २०८३
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ
साउन २२, २०८३
किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?
साउन २२, २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु
साउन २२, २०८३
कमिसन खाने हाकिम अख्तियारको फन्दामा
साउन २१, २०८३
धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ
साउन २१, २०८३
विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि जर्मनीमा सतर्कता
साउन २१, २०८३
क्षेप्यास्त्र रोक्ने प्रणालीको अभावले युक्रेनमा बढ्यो मानवीय क्षति
साउन २१, २०८३
रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट १७ युक्रेनी नागरिकको मृत्यु
साउन २१, २०८३
पेस्तोलसहित तीन पक्राउ
साउन २१, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
ज्ञानोदय मा.वि.मा कर्मचारी नियुक्ति विवाद
साउन २३, २०८३
साढे २६ करोड बजेट कावा प्रमुखले आफूखुसी राख्न खोजे: वडाध्यक्ष
साउन २३, २०८३
बराहक्षेत्रबाट ४ सय१८ किलो गाँजासहित चार जना पक्राउ
साउन २३, २०८३
धरान बजार अनुगमन: अनधिकृत ग्यास बिक्री गर्ने व्यवसायीलाई स्पष्टीकरण माग
साउन २३, २०८३
‘इमान्दार प्रयासले सुधारका नयाँ ढोका खुल्छन्’ : प्रधानमन्त्री शाह
साउन २३, २०८३
६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ
साउन २२, २०८३
किन चर्चामा छ शेयरबजारको ‘सर्ट सेलिङ’ ?
साउन २२, २०८३
थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड, शिक्षक र विद्यार्थीसहित ७ जनाको मृत्यु
साउन २२, २०८३
कमिसन खाने हाकिम अख्तियारको फन्दामा
साउन २१, २०८३
धरानबाट लागूऔषधसहित पाँच जना पक्राउ
साउन २१, २०८३
विमानस्थलमा विस्फोटक ड्रोन भेटिएपछि जर्मनीमा सतर्कता
साउन २१, २०८३
क्षेप्यास्त्र रोक्ने प्रणालीको अभावले युक्रेनमा बढ्यो मानवीय क्षति
साउन २१, २०८३
रुसको ब्यालिस्टिक क्षेप्यास्त्रबाट १७ युक्रेनी नागरिकको मृत्यु
साउन २१, २०८३
पेस्तोलसहित तीन पक्राउ
साउन २१, २०८३
गाजाबाट सेना फिर्ता गर्ने अमेरिकी प्रस्तावमा नेतान्याहुको असहमति
साउन २०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क