धरान/धरान–१७ स्थित सम्यक शिक्षा आधारभूत विद्यालयमा शनिबार धरान राउन्ड टेबल २६ ले दाँतसम्बन्धी शिविर गरेको छ । 

विद्यालयको बालकक्षादेखि कक्षा ७ सम्मका ८० विद्यार्थीको दाँत परीक्षण गरिएको थियो । धरानको सौर्य हेल्थ केयर फाउन्डेसन प्रालिको प्राविधिक सहयोगमा दन्त शिविर गरिएको हो । त्यसक्रममा दशैं शुभकामना आदानप्रदान पनि गरिएको छ । विद्यार्थीहरूलाई राउन्ड टेबलले टीका लगाइदिँदै दक्षिणा पनि प्रदान गरेको स्कुलका प्रधानाध्यापक सरोज श्रेष्ठले जानकारी दिए । 

धरान राउण्ड टेबलका अध्यक्ष कृष्ण अटलका अनुसार विद्यार्थीहरूलाई दशैं कार्यक्रम गरी दक्षिण अर्पण गरिएको बताए । त्यसक्रममा भूतपूर्व विद्यार्थी उमा राईले दुईजना विद्यार्थी श्रद्धा राई र प्रवेश परियारलाई जनही २ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरे । कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मीकान्त वियानी, विद्यालय कार्यक्रम संयोजक दिनेश अग्रवाल र सौर्य हेल्थ केयर फाउन्डेशन प्रालिका चिकित्सकहरू सहभागी थिए ।