index
वि.सं. २०७३ साल वैशाख २३ गते। बिहीबार। इश्वी सन् २०१६ मे ५ तारिख। नेपाल संवत् ११३६ चौलागा. वैशाख कृष्णपक्ष। तिथि– त्रयोदशी, ६स्१७ बजेदेखि चतुर्दशी २७स्५१ बजेउप्रान्त औंसी।

पं.ज्यो.   घनश्याम  सिग्देल


मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) सहयोगीकै कारण काममा बाधा आउनेछ । शरीर अस्वस्थ रहनेछ । आफन्तबाट असहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  पदोन्नतिको योग छ । धेरैको समर्थन र सहयोग मिल्नेछ । शत्रु परास्त हुनेछन् । आयस्रोत वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  मान्यजनबाट सहयोग मिल्नेछ । पैतृक सम्पत्ति प्राप्त हुनेछ । नयाँ नोकरी मिल्ने सम्भावना छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  परिवारमा मतभेद हुनाले मनमा चिन्ता बढ्नेछ । व्यापार÷व्यवसाय सामान्य रहनेछ । समाजमा प्रशंसा मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यात्रा झन्झटिलो रहनेछ । लेनदेन व्यवहारमा घाटा हुने सम्भावना छ । शरीर अस्वस्थ रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रशासनिक कार्यमा ठूलो सफलता मिल्नेछ । न्यायिक क्षेत्र बलियो रहेको छ । शत्रु परास्त हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धनमाल चोरी हुन सक्छ । होशियार
रहनुहोला । घरपरिवारमा खटपट बढ्नेछ । व्यवसाय घाटामा चल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रा झन्झटिलो रहनेछ । सवारी साधनले धोका देला । आफन्तकै कारण काममा अवरोध हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनमा अशान्ति र स्वास्थ्यमा समस्या हुन सक्छ । आफन्तबाटै विश्वासघात हुने सम्भावना रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) लामो यात्रा फलदायी रहनेछ । वैदेशिक क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । नयाँ नोकरी मिल्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  अप्रिय समाचार सुन्नु पर्ला । मनमा अशान्ति बढ्नेछ । आर्थिक अभावले सताउन सक्नेछ । अरुले तपाईको कुरा काट्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  धनमान र सम्मान मिल्नेछ । व्यवसायमा नाफा हुनेछ । नोकरीमा पदोन्नति हुनेछ । समाजमा प्रशंसा मिल्नेछ ।