Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • भू उपग्रह प्रक्षेपण हुने

भू उपग्रह प्रक्षेपण हुने

alt
  • वैशाख ३, २०७६
  • ब्लाष्ट खबर
 
सुभानु आचार्य
ललितपुर/नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ ।
 
जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्न लागेको हो ।
 
‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गर्न लागेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ ।
 
ढकालले भने, “भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।” नाशाको बेवसाइटअनुसार अमेरिकाको पूर्वी समयअनुसार उक्त भूउपग्रह प्रक्षेपण हुन लागेको हो । सरकारलाई पर्ने राष्ट्रिय भार कम गराउँदै भूउपग्रह प्रक्षेपणमा नेपालका तर्फबाट कोही जापान प्रस्थान नगर्ने भएको बताइएको छ ।
 
“भूउपग्रह अन्तरिक्षमा पठाइसकेपछि यसले उचित स्थान लिएको दिन नेपालका केही पदाधिकारी जापान जाने कुरा अघि बढेको छ”, ढकालले थपे, यो भूउपग्रह अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेशनल स्पेस स्टेशनमा रहने छ । ” नेपालीस्याट– १ नामक उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अङ्कित हुने छ । नाष्टले भूउपग्रहको सूचना लिनाका लागि आफ्नै कार्यालयमा ग्राउण्ड स्टेशन निर्माण गर्ने तयारी अघि बढेको छ ।
 
उक्त स्टेशन निर्माणका लागि हाल २१ दिने सूचनासहितको बोलपत्र आह्वान गरिएको नाष्टका इञ्जिनीयर रोशन पाण्डेले जानकारी दिए । “तीन चार इच्छुक पार्टीले टेण्डरको पत्र लगिसकेका छन्”, पाण्डेले भने, “ग्राउण्ड स्टेशनमा भूउपग्रहले पठाएको तथ्याङ्कहरुको विश्लेषण र सङ्कलन हुने गर्छ ।” नाष्टमा पहिले लामो समय उपकुलपति नियुक्त नहुँदा ग्राउण्ड स्टेशन निर्माणका लागि व्यवस्थापकीय समस्या परेको हो । विगतमा उपकुलपति र हाल सचिवको पद रिक्त रहँदा केही समस्या हुन्छ कि भन्ने महसुस गरिएको छ ।
 
जाक्साले नाष्टलाई ९५ प्रतिशत सम्भावना भएको प्रविधिका साथै १०० प्रतिशत क्षमता भएको अर्बिटमा छाड्ने दर उपलब्ध गराइसकेको छ । ग्राउण्ड स्टेशनको एण्टिनाको दिशाले समस्या नपारेमा भूउपग्रहबाट छिट्टै जानकारी पाउन सकिने बताइएको छ । मास्के र श्रेष्ठको भूमिका नाष्टले भूउपग्रह प्रक्षेपण गरिसकेपछि मास्के र श्रेष्ठ जापानमा रहँदासम्म दैनिक त्यहाँको जानकारी सहकार्र्य गरेर अघि बढ्नेछन् । उनीहरु हाल ‘बर्ड–४’ परियोजनाअन्तर्गत फिलिपिन्स, पनामा र जापानको भूउपग्रह निर्माणमा जुटेका छन् ।
 
नाष्टका श्रेष्ठ एक वर्षको अध्ययन समाप्त गरेर नेपाल फर्कने छन् भने क्यूटेक विश्वविद्यालयको सदस्यका रुपमा रहेका मास्केका लागि नाष्टले कार्यालयमा प्रयोगशाला निर्माण गरेर काम गराउने योजना अघि बढाएको छ । नाष्टले जाक्साको सहयोगमा नेपाललाई कसरी सहयोग गर्न सक्छ भनी एउटा भिडियो अभियान चलाइने योजना बताएको छ । नाष्टले आउँदा दिनमा सो कार्यक्रमलाई निरन्तरता दिने त्यहाँका एक कर्मचारीले बताउँछन् । नाष्टले भूउपग्रहबाट सङ्कलन गरेको तस्वीर उच्च क्षमताको हुने छैन ।
 
शहरी पूर्वाधार निर्माण र नापी विभागका लागि पनि उक्त तस्वीर काम लाग्दैन । अमेरिकाको अन्तरिक्षमा उडाई जापानबाट प्रक्षेपण गरिने उक्त कार्यक्रम अन्तरराष्ट्रिय सहकार्यको एउटा नमूना बन्ने भएको विज्ञ बताउँछन् । यसले नेपाली प्राविधिकको आत्मगौरव बढाउनाका साथै उनीहरुमा उत्साह थप्ने छ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोलेको कुरा उद्धृत गर्दै नाष्टका प्रमुख व्यक्तिहरुले भने, “नेपालले अबको तीन वर्षमा मेगा स्याटलाइट उडाउने छ ।”
सम्बन्धित समाचार
टाइफुन डल्फिनको प्रकोपले चीनमा त्रास, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

बेइजिङ । शक्तिशाली टाइफुन डल्फिनले चीनको पूर्वी भूभागमा प्रभाव पारेपछि ठूलो ...

विद्यालयमा नातावाद होइन, निष्पक्षतामा ध्यान देऊ

धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कार्यालय सहयोगी÷ल ...

आजको राशिफलः २०८३ साल साउन २५ गते सोमबार

श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन २५ गते सोमबार, १० ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
टाइफुन डल्फिनको प्रकोपले चीनमा त्रास, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
साउन २५, २०८३
विद्यालयमा नातावाद होइन, निष्पक्षतामा ध्यान देऊ
साउन २५, २०८३
आजको राशिफलः २०८३ साल साउन २५ गते सोमबार
साउन २५, २०८३
लागूऔषधसहित १० जना पक्राउ
साउन २४, २०८३
अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा: आदिवासी जनजातिमा नेतृत्वको अभाव र त्यसको प्रभाव
साउन २४, २०८३
पश्चिम एसियामा तनाव: होर्मुज जलडमरु खोल्न अमेरिकाले व्यवहार सुधार्नुपर्ने इरानको सर्त
साउन २४, २०८३
लियोनल मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन
साउन २४, २०८३
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
साउन २४, २०८३
हङ्कङमा निर्मल पुर्जाप्रति श्रद्धाञ्जली
साउन २४, २०८३
आजको राशिफलः २०८३ साल साउन २४ गते आइतबार
साउन २४, २०८३
ज्ञानोदय मा.वि.मा कर्मचारी नियुक्ति विवाद
साउन २३, २०८३
साढे २६ करोड बजेट कावा प्रमुखले आफूखुसी राख्न खोजे: वडाध्यक्ष
साउन २३, २०८३
बराहक्षेत्रबाट ४ सय१८ किलो गाँजासहित चार जना पक्राउ
साउन २३, २०८३
धरान बजार अनुगमन: अनधिकृत ग्यास बिक्री गर्ने व्यवसायीलाई स्पष्टीकरण माग
साउन २३, २०८३
‘इमान्दार प्रयासले सुधारका नयाँ ढोका खुल्छन्’ : प्रधानमन्त्री शाह
साउन २३, २०८३
टाइफुन डल्फिनको प्रकोपले चीनमा त्रास, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
साउन २५, २०८३
विद्यालयमा नातावाद होइन, निष्पक्षतामा ध्यान देऊ
साउन २५, २०८३
आजको राशिफलः २०८३ साल साउन २५ गते सोमबार
साउन २५, २०८३
लागूऔषधसहित १० जना पक्राउ
साउन २४, २०८३
अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा: आदिवासी जनजातिमा नेतृत्वको अभाव र त्यसको प्रभाव
साउन २४, २०८३
पश्चिम एसियामा तनाव: होर्मुज जलडमरु खोल्न अमेरिकाले व्यवहार सुधार्नुपर्ने इरानको सर्त
साउन २४, २०८३
लियोनल मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन
साउन २४, २०८३
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
साउन २४, २०८३
हङ्कङमा निर्मल पुर्जाप्रति श्रद्धाञ्जली
साउन २४, २०८३
आजको राशिफलः २०८३ साल साउन २४ गते आइतबार
साउन २४, २०८३
ज्ञानोदय मा.वि.मा कर्मचारी नियुक्ति विवाद
साउन २३, २०८३
साढे २६ करोड बजेट कावा प्रमुखले आफूखुसी राख्न खोजे: वडाध्यक्ष
साउन २३, २०८३
बराहक्षेत्रबाट ४ सय१८ किलो गाँजासहित चार जना पक्राउ
साउन २३, २०८३
धरान बजार अनुगमन: अनधिकृत ग्यास बिक्री गर्ने व्यवसायीलाई स्पष्टीकरण माग
साउन २३, २०८३
‘इमान्दार प्रयासले सुधारका नयाँ ढोका खुल्छन्’ : प्रधानमन्त्री शाह
साउन २३, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क