सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा अर्नाको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा भैँसी चराउँदै गरेको अवस्थामा अर्नाले आक्रमण गर्दा स्थानीय अन्दाजी ३२ वर्षीय राजेन्द्र साह गम्भीर घाइते भएको कोसी–३ का अध्यक्ष सुलेमान मन्सुरीले जानकारी दिए ।

उनलाई घटनापश्चात् उपचारका लागि जिल्ला अस्पताल इनरुवा सुनसरी लगिएको थियो । जिल्ला अस्पतालले थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घाइते साहको टाउको, ढाँड र खुट्टामा गम्भीर चोट लागेको छ ।