श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल साउन २६ गते मङ्गलबार, ११ अगष्ट २०२६, रौद्रनाम संवत्सर। श्रावण कृष्णपक्षको चतुर्दशी तिथि भोलि ०२ः०९ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र पुनर्वशु १०ः२४ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः३२ बजे र सूर्यास्त ०६ः४५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। काममा मिहिनेतको फल प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्दले काममा बाधा पु¥याउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमा वचन पु¥याउन नसक्दा आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वादविवादले काममा बाधा पु¥याउनेछ। आयस्रोत कमजोर रहनेछ।पहिलेको सफलताले महŒवाकाङ्क्षा बढाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
केही कठोर निर्णय लिनुपरे पनि टाढिएका आफन्त नजिकिनेछन्। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरू जुट्नाले आँटेको काम बन्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्ने सौभाग्य प्राप्त हुनेछ।कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साथीभाइसँग असमझदारी बढ्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेलामा होस नपु¥याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। सहयोग गर्नेहरू कमै भेटिनेछन्।