धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा ट्रक दुर्घटना भई आगलागी हुँदा एक जनाको जलेर घटनास्थलमै मृत्यु भएको छ ।

विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावर आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको मालवहक ट्रक सोमबार राति सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रकमा लागेको आगोमा जलेर एक जनाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले जानकारी दिए । प्रहरीले भोजपुर घर भएका वर्ष ३० का चालक विशाल राई जलेर मृत्यु भएको जनाएको छ । उनको घट्ना स्थलमै मृत्यु भएको थियो ।

ट्रकका सह–चालक म्याङ्ग वा अन्य व्यक्ति भन्ने औपचारिक पुष्टि गरिसकेको छैन । मृतकको लुङ्ग नगरपालिका वडा नं.९ वस्ने वर्ष १८ का संजिब संग्रौला सकुशल रहेका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटार धनकुटाबाट खटिएको प्रहरी टोलीले स्थानियवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । साथै, जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जिल्ला प्रहरी प्रमुख रञ्जितकारको नेतृत्वमा थप प्रहरी टोली पनि घटना स्थलमा खटिएको थियो ।