विजयपुर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको भागलपुर बिहान थाना हबिपुर घर भई हाल धरान–७ मा डेरा गरी बस्दै आएका ३२ वर्षीय मो. सहजादा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई धरान–७ स्थित डेराबाट पक्राउ गरेको हो।
सहजादा लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालत इनरुवाको २०८२ वैशाख ७ गतेको फैसलाले ३ वर्ष ६ महिना कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएपछि झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
तर, २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनी झुम्का कारागारबाट फरार भएका थिए। पक्राउ परेका सहजादालाई आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय धरानमार्फत पुनः झुम्का कारागार पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।