Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • नमुना सडकको काम तीव्रगतिमा

नमुना सडकको काम तीव्रगतिमा

  • माघ २३, २०७३
  • ब्लाष्ट खबर

बुटवल/अन्तर्राष्ट्रिय महत्वका प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेका बुद्धजन्मस्थल लुम्बिनी पुग्न पूर्व– पश्चिम राजमार्गबाट नमुना सडकको परिकल्पना गरी निर्माण कार्यले गति लिएको छ ।

बुटवल– बेथरी सडकअन्तर्गत बुटवलको नहरपुरदेखि बेथरीसम्म नहरको दुबैतिर दुई–दुई लेनको सडक र नहरको छेउछाउमा हरियालीसहितको उद्यान बनाउने योजनासहितको नेपालमै सम्भवत नमुना र महत्वकांक्षी योजनाको रुपमा यसलाई अगाडि सारिएको छ ।

यो सडकलाई भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने महत्वपूर्ण आयोजनाको रुपमा लिइएको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनी पुग्ने वा पूर्व–पश्चिम राजमार्ग निस्कने यात्रुुका लागि आवश्यक पर्ने वैकल्पिक सुन्दर सडकको रुपमा यसलाई अगाडि बढाइएको हो । अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी आवतजावतको प्रमुख मार्गको रुपमा अगाडि सारिएको यो सडक भविष्यमा पर्यटकीय सडकको रुपमा विकास गर्ने लक्ष छ । लुम्बिनी आउने पर्यटक लुम्बिनी बाहिरका पर्यटकीय क्षेत्रमा जाँदा यही सडकको उपयोग गर्नेछन् । यो सडक नमुना हुने भएकाले पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ । रुपन्देहीको बेलवास–बेथरी चार लेन सडकको निर्माण कार्यले गति लिएको छ । अलग–अलग ठेक्का पाएका दुबै ठेकेदारले सडक निर्माणको गति तीव्र पारेका हुन् । सडक निर्माण अन्तर्गत बुटवलको नहरपुरदेखि मोतिपुरसम्म नहर सफा गरेर नहरको दुबैतर्फ पक्की पर्खाल उठाउने काम करिब सकिएको छ । त्यस्तै अमवादेखि बेथरीसम्म नहर सफा गर्ने, अतिक्रमित संरचना हटाउने र पक्की पर्खाल निर्माण गर्ने कामलाई तीव्र पारिएको छ । पहिलो चरणमा नरहको काम सकेर दुवैतर्फको बाटो पक्की गर्नेे योजना छ । रुपन्देही क्षेत्र न– ४ का साँसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले पाँच वर्षअघि यो सडकको परिकल्पना गर्नुभएको थियो । सोही अनुसार आफू अर्थमन्त्री हँुदा यो सडकका लागि बजेट विनियोजन गरी योजना अगाडि बढाएको उनले बताए । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीका अनुसार यो सडक मुलुककै नमुनायोग्य हुनेछ । बुटवलको बेलवास झोलुुङ्गेपुल चोकदेखि भैरहवा–लुम्बिनी सडकको बेथरीसम्म २१ किलोमिटर लामो यो सडकको बीचमा नहर छ । अधिकांश स्थानमा स्वतः ट्र्याक खुलिसकेकाले दुई वर्षभित्रै काम सम्पन्न हुने अनुमान कार्यालयको छ । नहरपुर–मोतिपुर–अमुवा हुँदै बेथरी पुगेर भैरहवा–लुम्बिनी खण्डमा जोडिने अहिलेको अव्यवस्थित नहरलाई व्यवस्थित गरेर १० फिटमा सीमित गरिने छ । दुबैतिर सात–सात मिटर फराकिलो सडक र त्यस बाहिर पौने दुई मिटरको साइकल लेन समेत बन्नेछ । यो सडकलाई गौतमबुद्ध विमानस्थल र बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने महत्वपूर्ण पूर्वाधारमध्येको नमुना सडक हुने उनले बताए । गतवर्ष निर्माण सम्पन्न भएको बेलवास झोलुङ्गेपुलस्थित पक्की पुल र निर्माणाधिन बुद्धनगरस्थित पक्की पुलले यो सडकलाई बुटवलसँग पनि जोड्नेछन् । यो सडक निर्माणमा करिब रु दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । सरकारले सन् २०१८ को जनवरीदेखि सञ्चालन गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुनुअघि यसका लागि आवश्यक पूर्वाधारको निर्माणलाई तीव्रता दिइरहको छ । बेलवास–बेथरीसँगै यसै वर्षदेखि भैरहवा लुम्बिनी– ६ लेन र बुटवल–पाल्पा– ४ लेन सडकको निर्माणका लागि समेत तयारी थालिएको छ । विमानस्थल सञ्चालन हुनुअघि बुटवल– भैरहवा– ६ लेन र आन्तरिक बुद्धिष्ट सर्किट र लुम्बिनी परिक्रमा पथको निर्माण सक्ने लक्ष्य छ ।

रासस

सम्बन्धित समाचार
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु

यमनको लाल सागर तटमा रहेको मोखा (अल–मखा) बन्दरगाह सहरमा भएको मिसाइल तथा ड्रो ...

रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला दिनमा पनि हवाई तथा ड्रोन आ ...

होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा

काठमाडौं । नेपाली पब्जी मोबाइल टोली होरा एस्पोर्ट्सले पब्जी मोबाइल विश ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
आजको राशिफलः २०८३ साल साउन २६ गते मङ्गलबार
साउन २६, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
आजको राशिफलः २०८३ साल साउन २६ गते मङ्गलबार
साउन २६, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क