Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक

चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक

  • माघ ८, २०७४
  • ब्लाष्ट खबर

काठमाडौँ/ ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो ।  नेपाल राष्ट्र बैंकले तोकेको ? आठ अर्ब चुक्ता पूँजी पुर्याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पुर्याउन थप छ महिनाको समयसीमा दिएको थियो । तर एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर (एफपिओ) बिक्री गर्न लागेको छ । सो समेत गरी कूल सात करोड सात करोड ७१ लाख एक हजार १७० कित्ता शेयर बजारमा आउन लागेको हो । सिद्धार्थ बैंकले पनि राष्ट्र बैंककै निर्देशनअनुसार चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्कासन गर्ने बाटो रोजेको हो । सो उपाय अपनाउँदासमेत बैंकको चुक्ता पूँजी ? आठ अर्ब पुग्ने देखिँदैन । हकप्रद शेयर बिक्री गर्दा अपुग हुने रकमका लागि बैंकले बोनस शेयरको अवधारणा अगाडि सारेको छ । बैंकले ? छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते हकप्रद शेयर निष्कासनको अनुमति दिएको थियो ।  हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी रु सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ भने बाँकी रकम परिपूर्ति गर्न बैंकको चालू आवको नाफाबाट बोनस वितरण गरिनेछ । त्यसैगरी कुमारी बैंकले पनि चुक्ता पूँजी रु आठ अर्ब पुर्याउन हकप्रद शेयरकै बाटो रोजेको छ । हकप्रदका लागि बोर्डमा आवेदन दिइसकेको छ । बैंकको चुक्ता पूँजी ? पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार बराबरको २० प्रतिशत अर्थात् १० बराबर दुईका दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिएको छ । बैंकले ? एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको जनाएको छ । विभिन्न चारवटा वित्तीय संस्थालाई प्राप्ति गर्दासमेत चुक्ता पूँजी रु आठ अर्ब नपुगेपछि सो बैंकले हकप्रदको बाटो रोजेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले दुई बराबर एक अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । सो बैंकले पनि चुक्ता पूँजी पुर्याउन हकप्रदकै बाटो रोजेको छ । रु चार अर्ब ६७ करोड ९० लाख ५८ हजार चुक्ता पूँजी रहेको बैंकको हकप्रद शेयरपछि चुक्ता पूँजी ? सात सात अर्ब एक करोड ८५ लाख ८७ हजार पुग्नेछ । बाँकी रकम कसरी पुर्याउने भन्ने उपायको खोजी भइरहेको जनाइएको छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्कासन भइसकेको छ । सो बैंकले १० बराबर चार अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर बिक्री शुरु गरिसकेको छ ।  बैंकले गत पुस २० गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयर लिन सक्ने व्यवस्था गरिएको छ । यही माघ ७ देखि फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकको हाल चुक्ता पूँजी रु पाँच अर्ब ८८ करोड १४ लाख छ । चालीस प्रतिशत हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन दिएको निर्देशनअनुसार नै हकप्रद शेयर निष्कासन गरिएको बैंकले जनाएको छ । एनएमबी बैंकले एक करोड १४ लाख कित्ता थप फरदर पब्लिक अफर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । तर अनुमति भने पाइसकेको छैन । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । तीन बैंकको विवरण सार्वजनिक विभिन्न बैंकले चालू आवको छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सानिमा बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आफ्नो विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार सानिमा बैंकको नाफा रु ८२ करोड ४७ लाख पुगेको छ । गत वर्ष पुसमा रु ६२ करोड २४ लाख नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी रु २० रहेको छ । सिद्धार्थ बैंकले रु ७७ करोड २८ लाख नाफा गरेको छ । गत वर्षको छ महिनामा रु ७२ करोड ६० लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १.५० प्रतिशत छ भने प्रति शेयर आम्दानी रु २२ रहेको बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंकले चालू आवको छ महिनामा रु ६२ करोड ८६ लाख नाफा गरेको छ । गत वर्ष बैंकले रु ६३ करोड १६ लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १.९४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रु १५ रहेको छ ।

सम्बन्धित समाचार
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ

विजयपुर । सुनसरीमा ६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जनालाई प्रहरीले पक्राउ गरे ...

शासकीय सुधारका लागि ४० निर्देशिका जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका लाग ...

हङ्कङमा बुद्धको प्रतिमा स्थापना

धरान । नेपाल चेम्बर अफ कमर्स हङ्कङको पहलमा नेपाली महावाणिज्य दूतावास हङ्कङ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ
असार १२, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
चिया उद्योग तथा बगानहरू खुल्ने
असार १२, २०८३
धमिलो पानी पिउन बाध्य पानबारीवासी
असार १२, २०८३
‘बजेट ढिलाइ’ गर्नेमा धरानको ह्याट्रिक
असार १२, २०८३
बसाइँसराइको प्रवृत्तिः धरान आउने धेरै, जाने पनि उत्तिकै
असार ११, २०८३
लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति बनाऊ
असार १२, २०८३
आजको राशिफलः २०८३ साल असार १२ गते शुक्रबार
असार १२, २०८३
छोरीलाई करणीपश्चात् बच्चा हत्या गर्ने बाबु पक्राउ
असार ११, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
बिर्तामोडको बजेट १ अर्ब १५ करोड सार्वजनिक
असार ११, २०८३
लागू औषधसहित १९ जना पक्राउ
असार ११, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
६४.५७ ग्राम ब्राउन सुगरसहित ५ जना पक्राउ
असार १२, २०८३
शासकीय सुधारका लागि ४० निर्देशिका जारी
असार १२, २०८३
हङ्कङमा बुद्धको प्रतिमा स्थापना
असार १२, २०८३
चिया उद्योग तथा बगानहरू खुल्ने
असार १२, २०८३
धमिलो पानी पिउन बाध्य पानबारीवासी
असार १२, २०८३
‘बजेट ढिलाइ’ गर्नेमा धरानको ह्याट्रिक
असार १२, २०८३
बसाइँसराइको प्रवृत्तिः धरान आउने धेरै, जाने पनि उत्तिकै
असार ११, २०८३
लागूऔषध नियन्त्रणका लागि विशेष रणनीति बनाऊ
असार १२, २०८३
आजको राशिफलः २०८३ साल असार १२ गते शुक्रबार
असार १२, २०८३
छोरीलाई करणीपश्चात् बच्चा हत्या गर्ने बाबु पक्राउ
असार ११, २०८३
रङ्गेलीका वडाअध्यक्ष र सदस्य पक्राउ
असार ११, २०८३
विराटनगरले ल्यायो ३ अर्ब ५६ करोडको बजेट
असार ११, २०८३
बिर्तामोडको बजेट १ अर्ब १५ करोड सार्वजनिक
असार ११, २०८३
लागू औषधसहित १९ जना पक्राउ
असार ११, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क