श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार १२ गते शुक्रबार २६ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि १०ः४० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र विशाखा ०७ः४० बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथि सत्कारसमेत पाइने ग्रहयोग छ। 
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
ईष्र्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोगबाट छुट्कारा मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। 
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सन्तानको सहयोग लाभदायी बन्नेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला।