Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • मध्यपहाडी लोकमार्ग : म्याद सकिन लाग्दा ग्राभेल मात्रै

मध्यपहाडी लोकमार्ग : म्याद सकिन लाग्दा ग्राभेल मात्रै

alt
  • जेठ १५, २०७६
  • रासस
 
पाँचथर / पाँचथरमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणकार्य निर्धारित समयमा पूरा नहुने भएको छ । निर्माणाधीन लोकमार्गमा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अवधि पूरा हुनलाग्दा सडक ग्राभेल बनाउने कार्य मात्रै पूरा हुने भएको हो । लोकमार्गको उद्गम बिन्दुसमेत रहेको पाँचथरमा अझै ५१ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । पाँचथरमा लोकमार्गको १११ किलोमिटर दूरी छ । यसमध्ये ४० किलोमिटर मेची राजमार्ग पर्दछ ।
 
मध्यपहाडी लोकमार्गको ११ किलोमिटरको जोरसाल–माझीटार खण्ड तथा नौ किलोमिटरको गणेश–दारिम्बा खण्ड कालोपत्र बनेको तीन वर्ष पूरा भइसकेको छ तर, बाँकी ५१ किलोमिटर सडक भने आगामी आर्थिक वर्षमा मात्रै कालोपत्र हुने भएको छ । सो लोकमार्ग आयोजना पूर्वी खण्डका प्रमुख अभिमनदास मुल्मीका अनुसार पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बाबाट सोही गाँउपालिकाको वडा नं २ चिवाभञ्ज्याङसम्म सडक ग्राभेल गर्ने कार्य पूरा हुनलागेको छ । दारिम्बाबाट १० किलोमिटर सडक कालोपत्रको तयारी भइरहेको छ भने बाँकी खण्डमा समेत ग्राभेल निर्माण भइरहेको छ ।
उक्त खण्डमा पर्ने पाँच पुल निर्माणको कार्य पूरा भएको छ । यस खण्डमा छाँगे पुल १ र २, खलुवा पुल र ओसाङ पुल २ र ३ पर्दछन् । निर्माण व्यवसायीको ढिलासुस्ती, निरन्तरको वर्षा, निर्माण सामग्रीको अभाव तथा ढुवानीमा समस्या हुँदा निर्धारित समयमा निर्माण सम्पन्न नभएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख मुल्मीका अनुसार दारिम्बा–चिवाभञ्ज्याङ खण्डमा चालू आवको अन्त्यसम्ममा निर्माणकार्य सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो तर सम्झौताअवधिमा ग्राभेल निर्माणको कार्य मात्रै पूरा हुनेछ । मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख दीपक केसीले निर्माण व्यवसायीले जिम्मेवारीबहन गर्न नसक्दा दारिम्बा–चिवाभञ्ज्याङ खण्डको निर्माणकार्य समयमै पूरा नभएको बताए  ।
“पटक–पटक ताकेता गरेका कारण मात्रै ग्राभेलसम्म निर्माण भएको हो”, केसीले भन्नुभयो, “उच्चपहाडी क्षेत्र भएका कारण निर्माणकार्यमा समस्या हुने गरेको छ ।” अधिक वर्षा हुनाले केही महीना कामदारले काम गर्न नसक्ने अवस्था रहेको आयोजना प्रमुख केसीको भनाइ छ । निर्माणमा ढिलाइ भएको लोकमार्गको संसद्को विकास तथा प्रविधि समितिले स्थलगत अवलोकन गरेको छ । समितिका सदस्य गणेशकुमार पहाडीका अनुसार समितिले सिन्धुपाल्चोकदेखि पाँचथरसम्म गरेको स्थलगत अनुगमनका क्रममा सरकारी निकाय, स्थानीयवासी र निर्माण व्यवसायी निर्माण ढिलाइ हुनुमा जिम्मेवार देखिएका छन् । “पूर्वतयारी नगरी ठेक्का प्रक्रिया अघि बढाउँदा निर्माणकार्य अघि बढ्न नसकेको, ठेकेदारले भुक्तानी नपाएको भेटियो”, सांसद पहाडीले भने, “ठेकेदारले समेत धेरै ठाउँमा हेलचेक्र्याइँ गरेको पाइयो ।” उनका अनुसार मुआब्जा वितरणमा रहेको दोहोरो प्रावधानका कारणसमेत सडक निर्माण र विस्तारमा समस्या भएको छ । निर्माण व्यवसायीले स्थानीय तहहरुसँग समन्वय नगर्दासमेत समस्या सिर्जना भएको समितिको ठम्याइ छ । समितिकी सभापति कल्याणीकुमारी खड्काले लोकमार्गको निर्माणमा एकरुपता नहुँदा थप समस्या भएको बताए  । “कतै कालोपत्र सकियो, कतै ट्र्याक पनि राम्रोसँग खोलिएको छैन”, उनले भने, “राष्ट्रिय गौरवको आयोजनाको निर्माणमा न्यूनतम एकरुपता कायम हुन नसक्नु दुखद् छ ।” उहाँले निर्माणकार्य अघि नबढ्नुमा सरकारी पूर्वतयारीको अभाव पनि मुख्य रहेको औँल्याए  । समितिले लोकमार्ग निर्माणको गति, गुणस्तर, विद्यमान समस्या, सरकारी अनुगमन, स्थानीयस्तरबाट प्राप्त सहयोग र समन्वयका विषयमा साताव्यापी स्थलगत अनुगमन गरेको हो । संसद्को विकास तथा प्रविधि समितिकी सभापति खड्काका अनुसार सरकारले आगामी आवको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणकार्य पूरा गर्ने लक्ष्य लिएको छ ।
 
समितिका सदस्य राजेन्द्रकुमार राईका अनुसार स्थानीयस्तरमा प्रभावकारी समन्वयको अभाव, जग्गा प्राप्तिमा समस्या तथा निर्माण व्यवसायीको क्षमतामा समस्या देखिँदा लोकमार्ग समयमै पूरा हुननसकेको हो । निर्माण कम्पनीले धेरै आयोजनाको ठेक्का लिने गरेको, सार्वजनिक खरीद ऐन तथा नियमावलीका कारण द्रुतगतिमा कार्य अघि बढाउन समस्या भएको समितिको ठम्याइ छ । समन्वयको अभाव मध्यपहाडी लोकमार्गको सबैभन्दा बढी नयाँ सडक निर्माण हुने स्थान याङवरक गाउँपालिका हो । यहाँ नौ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने ५१ किलोमिटर कालोपत्र हुने बाँकी छ । याङवरक गाँउपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले केही स्थानमा सडक बनिनसक्दै भत्किएको तर त्यहाँ कसले, कसरी मर्मत गर्ने भन्नेबारे अन्योल रहेको बताए  । उनले सडकको क्षेत्राधिकारबारे स्थानीय तहलाई प्रष्ट नपारिँदा सडक अतिक्रमण गरेर घर निर्माण गर्ने क्रम बढेको बताए । हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले नयाँ सडक निर्माणका क्रममा स्थानीयस्तरमा प्रभावकारी समन्वय हुन नसक्दा काम सुस्त बनेको बताए । सरोकारवालाले पाँचथरमा निर्माणाधीन खण्डसँगै ठेक्का लागेका लोकमार्गका अन्य जिल्लामा पर्ने विभिन्न खण्डमा कालोपत्र भइसक्दा यहाँ ग्राभेलसमेत नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
असार १०, २०८३
धरानको बजेट अन्योल
असार १०, २०८३
डेढ लाख ऋणले उठीबास लगाएपछि देहत्याग, पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित
असार १०, २०८३
बालुवा प्रशोधन केन्द्र खारेज गर्न स्थानीयको माग
असार १०, २०८३
पहिरोले वराहक्षेत्र मन्दिरवासी समस्यामा
असार १०, २०८३
मजदुरको स्थापना दिवसमा राहत वितरण
असार १०, २०८३
कटहरी–रङ्गेली सडकको समस्या समाधान गर
असार १०, २०८३
आजको राशिफलः २०८३ साल असार १० गते बुधबार
असार १०, २०८३
सवारी दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु
असार ९, २०८३
विद्यालयले अवैधानिक शुल्क नलिएको दाबी
असार ९, २०८३
जेनजी आन्दोलनमा फरार व्यक्ति लागू औषधसहित पक्राउ
असार ९, २०८३
हेमोफेलियाका बिरामीको बजेट कटौतीले अभिभावक आन्दोलित
असार ९, २०८३
सडकमै भासिए ट्रक, चालकको २४ घण्टादेखि ‘सडकै बास’
असार ९, २०८३
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
प्रभात र डिपोट स्कुल फाइनलमा प्रवेश
असार १०, २०८३
बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
असार १०, २०८३
धरानको बजेट अन्योल
असार १०, २०८३
डेढ लाख ऋणले उठीबास लगाएपछि देहत्याग, पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित
असार १०, २०८३
बालुवा प्रशोधन केन्द्र खारेज गर्न स्थानीयको माग
असार १०, २०८३
पहिरोले वराहक्षेत्र मन्दिरवासी समस्यामा
असार १०, २०८३
मजदुरको स्थापना दिवसमा राहत वितरण
असार १०, २०८३
कटहरी–रङ्गेली सडकको समस्या समाधान गर
असार १०, २०८३
आजको राशिफलः २०८३ साल असार १० गते बुधबार
असार १०, २०८३
सवारी दुर्घटनामा प्रहरी निरीक्षकको मृत्यु
असार ९, २०८३
विद्यालयले अवैधानिक शुल्क नलिएको दाबी
असार ९, २०८३
जेनजी आन्दोलनमा फरार व्यक्ति लागू औषधसहित पक्राउ
असार ९, २०८३
हेमोफेलियाका बिरामीको बजेट कटौतीले अभिभावक आन्दोलित
असार ९, २०८३
सडकमै भासिए ट्रक, चालकको २४ घण्टादेखि ‘सडकै बास’
असार ९, २०८३
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क