Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • ऊर्जामन्त्रीलाई नागरिकको प्रश्न– लगातार किन काटिन्छ बिजुली

ऊर्जामन्त्रीलाई नागरिकको प्रश्न– लगातार किन काटिन्छ बिजुली

alt
  • असार ७, २०७६
  • रासस
 
काठमाडाै‌ / “सामान्य हावाहुरी आउँदासमेत विद्युत्को लाइन काटिन्छ । मोबाइल चार्ज गर्न समेत समस्या भएको छ । किन सधै‌  यस्तो हुन्छ मन्त्रीज्यू ? समस्या समाधान गर्ने केही उपाय छैन र ?” यो गुनासो हो काभ्रेपलान्चोकका विनोद सत्यालको । हरेक साता शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अपराह्न १२ बजेदेखि १३.०० बजेसम्म नागरिकका गुनासा सुन्नुहुन्छ र समाधानको प्रयत्न गर्नुहुन्छ भन्ने थाहा पाएर फोन गरेको बताउँदै सत्यालले भने “सामान्य हावाहुरी चल्दासमेत बत्ती काटिन्छ । वर्षाको समयमा त झन् बढी समस्या पर्ने गरेको छ ।
 
समाधानको लागि केही पहल हुन्छ कि ?” पैसा नलाग्ने फोन नं ११५१ मा नागरिकको गुनासो सुनेर तत्कालै समाधानको प्रयास गर्ने मन्त्री पुनको जनतासँग प्रत्यक्ष संवाद गर्ने ‘हटलाइन’ मा नागरिकले आफ्नो क्षेत्रको समस्या राख्ने गरेका छन् । पुनले मन्त्रालयल सम्हालेदेखि नियमितरूपमा नै सो कार्यक्रम सञ्चालनमा छ । देशभित्रै कुनै कार्यक्रम तथा विदेशमा रहँदाबाहेक सो कार्यक्रम नियमितरूपमा सञ्चालनमा छ । सोहीअन्तर्गत शुक्रबार सत्यालले काभ्रेको बनेपादेखि भकुण्डेबेँसीसम्मको प्रसारण लाइनमा सामान्य हावाहुरी आउँदासमेत बिग्रने र स्थानीयवासीले जति पहल गर्दा पनि समस्या समाधान नभएको भन्दै गुनासो गरे । सत्यालको गुनासोलाई सम्बोधन गर्दै मन्त्री पुनले भने, “हाम्रा अधिकांश प्रसारण लाइन वन क्षेत्रबाट गएकाले पनि समस्या आउने गरेको हुनसक्छ, तर जे होस् लाइनमा सुधार आउनुपर्छ । त्यसमा हाम्रो ध्यान गएको छ । यसलाई सुधार गर्न हामी पहल गर्छौँ ।” मन्त्री पुनले तत्कालै नेपाल विद्युत् प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुखलाई फोन गरी तत्काल समस्या समाधानका लागि पहल गर्न निर्देशन दिए ।
 
मन्त्रालय र मन्त्रालय मातहतका निकायले सम्पादन गरिरहेको काम कारवाही तथा गुनासालाई प्रत्यक्षरूपमा नै सम्बोधन गर्ने उक्त कार्यक्रमप्रति आम नागरिकको चासो र भरोसासमेत बढ्दै गएको छ । मन्त्री पुनका शब्दमा यस्ता कार्यक्रमले जनताको जनमत बुझ्न पनि सहयोग गर्छ । विद्युत भार कटौतीको अन्त्यपछि गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने ध्याउन्नमा प्राधिकरण छ । प्रसारण लाइन तथा सवस्टेशनको सुधारलाई प्रमुख प्राथमिकतामा राखिएको छ तर नेपालका अधिकांश वितरण लाइन ११ केभी क्षमताका भएका कारणले पनि समस्या आउने गरेको छ । हावाहुरी चल्दा र वर्षा हुँदा लाइन ट्रिप हुने, विद्युत् प्रवाह रोकिनेजस्ता समस्या सामान्य जस्तै छ । प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत रहेकाले मन्त्री पुनलाई यी र यस्ता समस्या समाधान गर्नुपर्ने दायित्व पनि छ ।
नीतिगतरूपमा निर्णय गर्नुपर्ने र त्यसलाई कार्यक्रम नै बनाएर लागू गर्नुपर्ने अवस्था पनि छ । सधैँजस्तै जेठ ६ गते शुक्रबार पनि मन्त्री पुनले देशभरबाट प्रत्यक्ष सम्पर्कमा आएका सात जनासँग मन्त्रालय र मातहतका निकायले गरिरहेका कामकारवाही र भोग्नुपरेका समस्याका बारेमा जानकारी लिए 
तत्काल निर्देशन दिने विषयलाई तत्काल र केही नीतिगतरूपमा नै सम्बोधन गर्नुपर्ने विषयलाई सोहीअनुसार गर्ने आश्वासन पनि दिए  । काभ्रेका सत्यालको जस्तै समस्या थियो सर्लाहीका मुकेशकुमार साहको पनि । साहले भने  “मन्त्रीज्यू हाम्रो गाउँमा बत्ती गएकोगयै गर्छ । तार लत्रिएको छ । बाँसको टेको लगाएर राखिएको छ । प्राधिकरणको स्थानीय वितरण केन्द्रले कुनै सुनुवाइ गरेन ।” साहको गुनासो सुनेपछि मन्त्री पुनले भने “त्यस क्षेत्रको प्रसारण लाइन सुधारका लागि आवश्यक पहल गर्छौँ ।” तत्काल नै मन्त्री पुनले मलङ्गवा वितरण केन्द्रका प्रमुखलाई फोन गरी लत्रिएका तारको मर्मत गर्न र स्थानीयवासीको समस्या समाधान गर्न निर्देशनसमेत दिए ।
देवदह नगरपालिका–४ का छवि भट्टराईले स्थानीय सिँचाइ आयोजनाको काम प्रभावकारी नभएको भन्दै गुनासो गरे । हरेक साता जस्तै गुनासो आउने अर्को आयोजना हो बूढीगण्डकी । सरकारले सो आयोजना कुन ढाँचामा निर्माण गर्ने भन्ने बारेमा आवश्यक निर्णय गरिसकेको छैन तर मन्त्री पुनको हटलाइनमा गोरखाका हरि सिंखडाले सोधे ।, “बूढीगण्डकी आयोजनाबाट प्रभावित नागरिकको पुनःबासका लागि रोक्का गरिएको जग्गामा कुनै पनि भौतिक पूर्वाधार नबनेकाले त्यसका लागि करोडाै‌ लागत लाग्छ । त्यसतर्फ सरकारको के सोचाइ छ ?” सिंखडाको जिज्ञासामा मन्त्री पुनले भने “सरकारले पुनःबासको काम गर्दा पुर्खाको थातथलो नजिकै होस् भन्ने चाहना राखेको छ । गोरखामा पुनःबासका लागि जग्गा रोक्का गरिएको छ । धादिङतर्फ विवाद भएर रोक्का भएको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका आधारमा थप काम अगाडि बढ्छ ।” कूल एक हजार २०० मेगावाट क्षमताको आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा वितरणको काम जारी छ ।
 
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु २५ अर्ब मुआब्जा वितरण भइसकेको छ । जनकपुरका विजय यादव, कोहलपुरका खड्गबहादुर खत्रीले पनि आ– आफ्नो क्षेत्रको समस्या समाधानका लागि मन्त्री पुनसँग आग्रह गरे । मन्त्रीले सामान्य समस्यामा समेत चासो राखेर कार्यालय प्रमुखलाई निर्देशन दिन थालेपछि मन्त्रालय मातहतका कार्यालयमा काम गर्ने संस्कारमा परिवर्तन भएको हो । यसले सेवाग्राही, कर्मचारी र तालुकदार मन्त्रालयको मन्त्रीका बीचमा विशेष सम्बन्ध विस्तार भएको छ ।
  • उर्जा
सम्बन्धित समाचार
इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य

इटहरी । इटहरी उपमहानगरपालिका र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरबीच ...

९ करोड ८८ लाखमा टेम्केमैयुङमा कृषि उत्पादन संकलन केन्द्र बन्दै

विजयपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा करिब १० करोड रुपैयाँको लागतम ...

ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिका–८ गैसारबाट प्रहरीले १०.५७ ग्राम ब्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य
साउन २६, २०८३
९ करोड ८८ लाखमा टेम्केमैयुङमा कृषि उत्पादन संकलन केन्द्र बन्दै
साउन २६, २०८३
ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
साउन २६, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
आजको राशिफलः २०८३ साल साउन २६ गते मङ्गलबार
साउन २६, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
इटहरी उपमहानगर र नोबेल अस्पतालबीच सहकार्य
साउन २६, २०८३
९ करोड ८८ लाखमा टेम्केमैयुङमा कृषि उत्पादन संकलन केन्द्र बन्दै
साउन २६, २०८३
ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
साउन २६, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
आजको राशिफलः २०८३ साल साउन २६ गते मङ्गलबार
साउन २६, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क