Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • मूल्य बढाउन सुन्तलाको सुरक्षित भण्डारण

मूल्य बढाउन सुन्तलाको सुरक्षित भण्डारण

alt
  • माघ ४, २०७६
  • ब्लाष्ट खबर

मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले खासै राम्रो बजार नपाएको गुनासो आइरहेको सन्र्दभमा यहाँका कृषकले सुन्तला बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्न सुरक्षित भण्डारणतर्फ अग्रसर भएका छन् । सिगानामा हाल दुई परम्परागत र एक आधुनिक सुन्तला भण्डारण गृह छन् ।

तीन वर्षदेखि परम्परागत भण्डारण गृहमा सुन्तला राखेर बेमौसममा महँगो मूल्यमा सुन्तला बिक्री वितरण गर्दै आएका सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बताए । अर्का कृषक अनन्तबहादुर खड्काले गत वर्षदेखि सुन्तला भण्डारण गृह निर्माण गरेर बेमौसममा सुन्तला बिक्री गर्दै आएका छन्।

सिगाना सुन्तलाका लागि प्रख्यात छ । सिगानालाई सुन्तला गाउँका रुपमा समेत चिनिँदै आइरहेको छ । वार्षिक दुई करोड बढीको सुन्तला उत्पादन हुँदै आएको भए पनि मौसममा तीव्र प्रतिस्पधाले सस्तो मूल्यमा किसानले सुन्तला बिक्री गर्न परेको भन्दै गण्डकी प्रदेश सरकारले २० टन क्षमताको विद्युत्बाट चल्ने सुन्तला चिस्यान केन्द्र (कोल्ड रुम) निर्माण गरेपछि यहाँका अधिकांश कृषकले सुन्तला भण्डारण गर्न थालेका हुन् ।

गत वर्ष गण्डकी प्रदेश सरकारले सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारीमार्फत रु ३० लाखको लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण गरेपछि यहाँका कृषकले उत्पादन भएका सुन्तला भण्डारण गरेर बेमौसममा बिक्री गर्न थालेका हुन् । आधुनिक सुन्तला चिस्यान केन्द्रमा अहिले सात जान कृषकको १६ टन सुन्तला भण्डारण गरिएको सहकारी संस्थाका अध्यक्ष रामबहादुर खड्काले बताए । “जसले एक वर्षमा रु दुई लाखभन्दा बढीका सुन्तला उत्पादन गर्छ, उसले उत्पादन गरेको केही सुन्तला मौसममा बजार पठाउछ”, खड्काले भने, “बाँकी सुन्तला सहकारीमार्फत चिस्यान केन्द्रमा राखेर चैत, वैशाखमा बिक्री गर्ने लक्ष्य राखेका छौँ ।”

मौसममा किसानको बोटबाटै सुन्तला व्यापारीले प्रतिकेजी ५० देखि ६० मा बिक्री गर्दै आएकोमा सुरक्षित भण्डारण गर्नसकेमा चैत वैशाखमा प्रतिकेजी रु १५० भन्दा बढी मूल्य पर्ने भएकाले कृषक सुन्तला भण्डारणतर्फ अग्रसर भएका हुन् । जिल्लाको बागलुङ नगरपालिका–८ का कृषक टोपबहादुर खड्काले आठ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । उनले उत्पादन गरेका केही सुन्तला मौसममा नै बिक्री गर्छन् भने केही सुन्तला बगैँचा नजिकै निर्माण गरिएको भण्डारणगृहमा राखेर चैत वैशाखमा महँगोमा बिक्री गर्दै आएका छन्।

तत्कालीन कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाअन्तर्गतको व्यावसायिक सुन्तला उत्पादन सङ्कलन तथा भण्डारण उपआयोजना (प्याक्ट) कार्यक्रमले प्रदान गरेको रु १० लाख अनुदानमा २०७४ सालमा निर्माण गरिएको भण्डारणगृहमा अहिले सुन्तला राखिएको खड्काले बताए । “अहिले सुन्तालाको बजार मूल्य रु ६० प्रतिकेजी पर्दछ”, खड्काले भने, “दुई महिनापछि भण्डारणगृहमा राखिएको सुन्तलालाई रु १५० प्रतिकेजीमा बिक्री वितरण गर्न सकिने हुँदा यसको निकै महत्व छ ।”

यहाँका कृषकले सुन्तलाको ग्रेडिङसमेत गर्दै आएका छन् । सुन्तलालाई तीन श्रेणीमा ग्रेडिङ गरिन्छ । पहिलो श्रेणीको सुन्तलाको बजार मूल्य निकै महँगो हुने चिस्यान केन्द्रमा सुन्तला राख्नुभएका शिव खड्काले बताए ।

ग्रेडिङ गरेका सुन्तला पोखराको बजारमा खपत हुँन्छ । परम्परागत चिस्यान केन्द्रमा माटो, बालुवा तथा गिट्टीको समिश्रणमा ढुङ्गाको गाह्रो निर्माण गरिएको हुन्छ भने आधुनिक चिस्यान केन्द्र विद्युत्बाट सञ्चालन हुन्छ । दुवै प्रकारका भण्डारणगृहमा चार महिनासम्म सुन्तला सुरक्षित गर्न सकिने अर्का कृषक लोकबहादुर थापाले बताए ।

“अहिले जहाँतहीँ सुन्तला फल्ने भएका कारण सुन्तलाको मूल्य त्यति धेरै पर्दैन”, थापाले भन्नुभयो, “बेमौसममा धेरै मूल्य पार्नका लागि बागलुङ जिल्लाका अन्य किसानले आफ्नै घरमा पनि भण्डारणगृह बनाउन थालेका छन् ।”

सम्बन्धित समाचार
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु

यमनको लाल सागर तटमा रहेको मोखा (अल–मखा) बन्दरगाह सहरमा भएको मिसाइल तथा ड्रो ...

रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्धमा पछिल्ला दिनमा पनि हवाई तथा ड्रोन आ ...

होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा

काठमाडौं । नेपाली पब्जी मोबाइल टोली होरा एस्पोर्ट्सले पब्जी मोबाइल विश ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
आजको राशिफलः २०८३ साल साउन २६ गते मङ्गलबार
साउन २६, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
यमनमा हुथीको मिसाइल र ड्रोन हमला, ७ जनाको मृत्यु
साउन २६, २०८३
रुस–युक्रेन युद्ध चर्कियो, रुसी आक्रमणमा ६ जनाको मृत्यु
साउन २६, २०८३
होरा एस्पोर्ट्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
साउन २६, २०८३
कोलम्बियामा ७.४ को भूकम्प, १३२ को मृत्यु
साउन २६, २०८३
कोशी अस्पताल र महानगरको खट्पटः अस्पताल परिसरका ठूला खाडलले यात्रीलाई समस्या
साउन २६, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
बीपी प्रतिष्ठानमा पालिटिभ एन्ड होस्पिक केयरबारे कार्यशाला
साउन २६, २०८३
नगरलाई बन्दी नबनाऊ
साउन २६, २०८३
आजको राशिफलः २०८३ साल साउन २६ गते मङ्गलबार
साउन २६, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क