ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाकामा आएका छन् ।
प्रधानमन्त्री ओलीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमसहितको टोलीसहित किमाथांका नाका निरीक्षण गर्न भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न विकास निर्माणका आयोजनाहरू र बोर्डर पोस्ट निरीक्षणका लागि उक्कित टाेली किमाथांका गएकाे जानकारी दिए ।
नेपाली सेनाकाे हेलिकप्टरमार्फत बिहान साढे ८ बजे उक्त स्थान तर्फलागेकाे बताइएकाे छ ।