धरान । संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरू भएको छ ।
प्रतिनिधिसभा विघटन भएपछिको पहिलो राष्ट्रियसभा बैठक सुरु भएको हो ।
काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको राष्ट्रियसभा बैठकमा बोल्ने सदस्यहरुले प्रतिनिधिसभा विघटनको सन्दर्भ पनि उठाएका छन् । उनीहरुले यसलाई दुखद् भएको बताएका छन् ।
अधिवेशनपछि हालसम्म निधन भएका संघीय संसदका सदस्य तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।
त्यस्तै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र केही अध्यादेशहरु पनि पहिलो बैठकका कार्यसूची छन्।