वराहक्षेत्र । जन्म दिवस मनाउने नेपाली संस्कृतिको जगेर्ना गरौँ  सन्देश दिने भन्दै  नगरपालिकाको  वडा नम्बर  ७ का स्थानीय खगेन्द्र दाहालले आफ्नो जन्म दिनको अवसरमा भण्डारा लगाएका छन् । 

समाजसेवी दाहालले वडा नम्बर १ स्थित रामानन्दाचार्य सेवापिठका साधक साधिकालाई  आफ्नो ५१ जन्म दिवसमा भोजनको भन्डारा  लगाएका हुन।  पछिल्लो समय नेपाली समाजमा पनि पश्चिमा संस्कृति हाबी हुँदै जाँदा जन्म दिनको दिन केक काट्ने  र  क्याण्डल निभाउने प्रचलन बढ्दै भएको भन्दै  सनातन आस्थामा जीवनको प्रतीक मानिने प्रकाश ९बत्ती० निभाउने चलनलाई  हटाउन दियो बालेर अष्ट चिरञ्जीवीको पूजा गरी भण्डारा लगाइएको दाहालले बताए । 

पूर्वीय संस्कार अनुसार ५१ वटा दियो बालेर अष्ट चिरञ्जीवीको पूजा गरी सुरु भएको भण्डारामा खिर,पुरी लगायत विभिन्न शाकाहारी परिकार पस्किएको थियो । करिब ६० जनाले भोजन ग्रहण गरेको उक्त भण्डारामा दाहाल परिवारले ब्राह्मण सन्तहरूलाई भोजन गराएका थिए ।

कार्यक्रममा बोल्दै सेवापिठका पिठाधिस् रामकृष्णाचार्य माहाराजले, विदेशीको नक्कल गर्दै आफ्नो जन्म दिनमा भन्दा  उद्देश्य भएको महत्त्वपूर्ण मानव जिन्दगी लाई तमसोमा ज्योतिर्गमय अँध्यारो बाट उज्यालो तर्फ लाने बत्ती निभाउनु को साटो आशा र सकारात्मकताको प्रतीक प्रकाश फैलाउन बत्ती बाल्ने संस्कार को पालना सबैले गरिनुपर्ने सबैले बताए ।

सो अवसरमा महाराज पर्यटकीय वराहक्षेत्र को वार्ड १ अग्लो डाँडामा १ सय ८ फिट अग्लो भगवतीको प्रतिमा बनाइने र रामानन्दाचार्य पिठ्लाई जोड्ने चतरा नहरमा पुल बनाइने पहल भइरहेको भन्दै  सहकार्यको लागि आव्हान गरे ।

डाँडामा बन्ने देवीको प्रतिमाले वराहक्षेत्र को धार्मिक र प्राकृतिक पर्यटनलाई बढाउने भन्दै उनले तिनै तहको सरकारले रचनात्मक सहयोग गरिदिनु पर्ने बताए । कार्यक्रममा दाहालसँगै नेकपा एमाले सुनसरी जिल्ला सचिवालय सदस्य सहित १३ जना आएका थिए ।