एजेन्सी/फ्रान्सेली प्रधानमन्त्री मानुऐल भाल्सले हालै जिहादवादका लागि राम्रो बहाना छैन भन्दा उनी सही थिए । भाल्सको विचारमा बहानाहरूको सँस्कृतिलाई अस्वीकार गर्नुको अर्थ जिहादी उत्तेजनाको व्याख्यामाथिको छलफलमा सहभागी हुने लालसालाई रोक्नु पनि हो ।salafism-101-islamic-law-and-politics-e1343593388398-640x360
युरोप र युरोपभित्र पनि फ्रान्स) लाई धर्म वा आस्था परिवर्तनका लागि मुख्य स्थलका रुपमा हेर्ने जिहादवादको अन्तरनिहित सिद्धान्त सल्फीजमका लागि वैचारिक जितको खतराविरुद्ध यही अप्रिल ४ का दिन चेतावनी दिंदा भाल्स फेरि पनि सही थिए ।
यो बहसमा सहभागी हुने जिम्मेवारीबाट विगतको तीन दशकका फ्रान्सेली सरकारहरू तर्किदै आएका छन् । तर निष्क्रियताले तत्कालका लागि सामाजिक शान्ति सुनिश्चित गरे तापनि त्यसले गणतन्त्र भन्दा बाहिरको मूल्य–मान्यताहरुलाई फ्रान्सेली शहरहरुको कुनाकाप्चामा जरा गाड्न ढोका खोल्ने काम गरिदियो । यसपछि सरकारहरुले उग्रवादी इम्लामिक रुढीवाद वास्तवमा इस्लामिक फाँसीवाद हो भन्ने वास्तविकतालाई अस्वीकार गरेर स्वेच्छिक अन्धोपनालाई स्वीकार्ने सरहको काम गरे । आलोचकहरुले इस्लामिक फाँसीवादलाई अधिनायकवादको तेस्रो विश्वव्यापी रुप हो भनी निन्दा गर्दै आएको दुई दशकभन्दा बढी भइसकेको छ ।
सरकारको यो असफलतामाथि राजनीतिक वृत्तको चरम सीमामा विद्यमान अदूरदर्शिताले मलजल गर्ने काम गर्यो । सन् २०१२ मा उग्र दक्षिणपन्थी नेसनल फ्रन्टका नेता मरिन ले पेँले (दुवैलाई निन्दा गर्न) धार्मिक प्रतीकका रुपमा रहेको यहुदीहरुले लगाउने घोप्टे टोपी अर्थात् यारमुल्के र राजनीतिक प्रतीकका रुपमा रहेको बुर्कालाई एकैठाउँमा राखेका थिए । यसै महिनामात्र ग्रीन पार्टीका सिनेटर ऐस्थर बेनबास्साले एक्लाउने काममा मिनिस्कर्ट घुम्टोभन्दा कम नभएको दावी गरे । मानिसहरुले त्यसैको नाममा हत्या, अङ्गभङ्ग र बलात्कार गर्ने काम गरिरहेका छन् भन्ने कुरा कदापि बिर्सन नदिने बर्बरताको एउटा रुपलाई स्वीकार्य बनाउने काम गरेका छैनन् भन्ने हो भने ले पेँ र बेनबास्साले के गरिरहेका छन् त ?
सबैभन्दा ठूलो स्वरमा चिच्याएकै कारण मध्यमार्गीभन्दा उग्रवादीहरुमा रहेको तुलनात्मक लाभले समस्यालाई अझ जटील बनाउने काम गरिरहेको छ । फ्रान्सेली क्रान्तिको समयमा विधानसभामा मोन्टागनार्ड्सहरुले गिरोन्डिसहरुलाई अव्यक्त बनाउने काम गरेको जस्तै कट्टरपन्थी जिहादीहरुले शान्तिका साथ र अन्य व्यक्ति तथा कानुनको सम्मान गर्दै आफ्नो आस्थाको अभ्यास गर्न चाहने ठूलो सङ्ख्यामा रहेका मुस्लिमहरुलाई चुप लगाउने काम गरिरहेका छन् ।
अन्त्यमा आएर आपूmलाई अपमान गर्नेहरुलाई धार्मिक कट्टरपन्थीहरुले कलङ्कित गर्दा हाम्रा नेताहरु डराएर गरेको वाचाबाट पनि पछाडि फर्कने प्रवृत्ति हामीले देख्न थालेका छौं । हिजो भारतीय उपन्यासकार सलमान रुस्दी थिए । आज अल्जेरियाली उपन्यासकार कामेल दाउद छन् । त्यस्तो अवस्थामा धेरै नेताहरुको पहिलो प्रतिक्रिया त्यसका लागि उनीहरु नै जिम्मेवार छन् भन्ने हुनेगर्छ, जसले पीडितहरुलाई दोस्रोपटक पीडित बनाउने काम गर्छ ।
कुनै पनि अवस्थामा त्यसको परिणाम स्पष्ट छ  हिंसात्मक अतिवादको परितोषणले त्यसैलाई अझ बढी प्रोत्साहित गर्ने काम हुन्छ । परिणामस्वरुप हामी आपूmलाई अघोषित बौद्धिक सङ्कटकालको अवस्थामा पाउँछौं, जसले दुःखद रुपमा आतङ्कवादी हमलापछि हाम्रा सरकारहरुले घोषणा गर्ने सङ्कटकालको स्थितिलाई निम्त्याइरहेको छ ।
यो सङ्कटकालको स्थितिलाई समाधान गर्न सबैभन्दा पहिला हामीले प्रायः भनेको र गरेको भन्दा ठिक विपरीत भन्नु र गर्नु हो । विशेषगरी, हामीले कोदालोलाई कोदालो नै भन्नुपर्छ । एउटा इस्लाम धर्मावलम्बी हराएको मुस्लिम वा भड्किएको मुस्लिम हुनसक्छ, तर ऊ सबै समान मुस्लिम नै हो । हामीले यी पथभ्रष्ट मुस्लिमहरुको “इस्लाम धर्मसँग कुनै लेनादेना छैन भन्ने घृणित वाक्यलाई दोहो¥याउने काम बन्द गर्नुपर्छ । अर्का शब्दमा भन्नुपर्दा हामीले दुईवटा इस्लाम मृत्युसम्मको लडाइँमा जुटेका झन् भन्ने कुरा स्वीकार गर्नुपर्छ र त्यो किनपनि भने युद्धस्थल पृथ्वी हो र युद्धले पश्चिमले अवलम्बन गर्ने मूल्य–मान्यता जोखिममा पारेको छ । यो युद्ध मुस्लिमहरूको मात्र मामिला होइन ।
यो कार्यपछि हामी इस्लामिक घृणा र आतङ्कको सञ्जालको पहिचान गर्ने, सुल्झाउने र सार्वजनिक गर्ने काममा कर छल्नेहरुको विश्वव्यापी सञ्जाललाई सार्वजनिक गर्ने कार्यमा हाल परिचालन भइरहे सरहकै उर्जा र चलाखीपनका साथ केन्द्रित भएर लाग्नुपर्छ ।
सल्फिजमको पानामा पेपर्स बाहिर आउनका लागि हामीले कति लामो समय पर्खनुपर्ला ? विश्वव्यापी जिहादका मोस्साक फोन्सेका र त्यसका आपराधिक र दूरदराजमा सञ्चालित कम्पनीको कालो जालोलाई सफा गर्नमा ती महान पत्रपत्रिकाहरुलाई के कुराले रोकिरहेको छ ?
हामीले महिला, उनीहरुको अनुहार र उनीहरुका अधिकारका साथै समग्रमा मानवअधिकारको सम्मान गर्ने इस्लामको पक्षमा उभिएर घृणा पैmलाउने इस्लामलाई अस्वीकार गर्ने मुस्लिमहरूलाई सहयोग, प्रोत्साहन र वैचारिकरुपमा सुदृढ बनाउनुपर्छ । यही कुरा हामीले तत्कालिन सोभियत संसारमा हामीले भिन्न विचार राख्ने व्यक्तिहरु भन्ने गरेको साहसी व्यक्तिहरुका सम्बन्धमा गरेका होइनौं ? र त्यति बेला ती भिन्न विचार राख्ने व्यक्तिहरु अल्पसङ्ख्यक हुन् र सामन्तवादको कठोर सिद्धान्तविरुद्ध कदापि हावी हुनसक्दैनन् भन्नेहरुलाई उपेक्षा गर्दा हामी सही थिएनौं ।
त्यसको अर्थ (अहिलेको एउटा उदाहरणलाई लिने हो भने) दाउदको संरक्षण र प्रतिरक्षा गर्नु हो । मुस्लिम मूलका फ्रेन्च लेखक दाउदले युरोपमा आश्रय खोजी रहेकाहरुले युरोपेली मूल्य–मान्यताहरुलाई स्वीकार गर्न सिकेमा राम्रो गर्नेछन् भन्ने विचार अभिव्यक्त गरेका थिए । त्यसका लागि दाउद विरुद्ध दोहोरो फतवा जारी भएको छ, पहिलो अल्जेरियाली–फ्रेन्च पत्रकार मोहमद सिमाउको शब्दावली उधारो लिने हो भने ‘हत्यारा दाजुभाइ’ बाट र दोस्रो उनले अरब पुरुषहरुलाई महिलाको निष्ठाको सम्मान गर्न आग्रह गर्दा ‘प्राच्यवादको सबैभन्दा सस्तो विचारलाई दोहो¥याएको’ आरोप लगाउने सानो समूहमा रहेका कथित प्रगतिशाली र नश्लवादी विरोधी फ्रेन्च विद्धानहरुबाट ।
वास्तविक नश्लवादी विरोधी, साम्राज्यवादी विरोधी र गणतन्त्रात्मक प्रजातन्त्रमा आस्था राख्नेहरुले सल्फिजमवादीहरुको आपराधिक इस्लामविरुद्धको युद्धमा मध्यमार्ग र शान्तिको इस्लामको पक्षमा उभिनुपर्छ । यो वैचारिक, आध्यात्मिक र राजनीतिक युद्ध हो, यस्तो युद्ध जसले सबै विश्व, सँस्कृति र हामीले सभ्यताहरु भन्न सही हुने प्रबुद्ध इस्लाम अभैm पनि जीवित र राम्रै अवस्थामा रहेको कुर्दिस्तान, मोरोक्को, बोस्निया र बङ्लादेशदेखि फ्रान्सका विलीन हुनपुगेका शहर छिमेकलाई गाँजेको छ । सामान्य भाषामा भन्नुपर्दा यही नै हामीले अविलम्ब गर्नुपर्ने काम हो । यो हाम्रो युद्ध हो ।
बर्नाड अन्री लेभी “नोभु फिलोसोफे’ (नयाँ दार्र्शिनकहरु) आन्दोलनका प्रतिपादकमध्ये एक हुन् । उनका प्रकाशित पुस्तकहरुमा लेफ्ट इन डार्क टाइम्स ऐ स्ट्याण्ड एगेन्स्ट न्यू बार्बिजम पनि एक हो ।)