एजेन्सी/इटलीको एक अदालतले चोरलाई निर्दोष सावित गरिदिएको छ । अदातलका न्यायाधिशले असाध्यै भोक लाग्ने बेला केही मात्रामा चोरी गरेर खानु कुनै अपराध नभएको
बताएका छन् ।
बीबीसीमा अनुसार रोमन ओस्ट्रियाकोव नाम गरेका एक व्यक्तिले असाध्यै भोग लागेपछि सुपर मार्केटबाट केही खाने कुरा चोरेर खाएका थिए । चोरी भएको सामानको मूल्य ४.५० डलर रहेको बताइएको छ ।
चोरी भएपछि पसल मालिकले अदालतमा मुद्धा दाहेर गरेका थिए । त्यहाँको तल्लो अदालतले दोषी करार गरेपनि उच्च अदालतले उनलाई निर्दोष सावित गरिदिएको छ ।
चोरी गर्ने व्यक्ति यूक्रेनी मूलका बेघर व्यक्ति भएको बताइएको छ । उनी धेरै दिनदेखि भोकै थिए ।