Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने म्याँक्रोको प्रतिबद्धता

नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने म्याँक्रोको प्रतिबद्धता

alt
  • वैशाख ३, २०७६
  • ब्लाष्ट खबर
 
पेरिस (एएफपी) – फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ ।
 
फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रुपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ । हजारौं पेरिस निवासी र पर्यटकहरुले क्याथिड्रल (गिर्जाघर) नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको बितण्डा हेरेका थिए । आगोको लप्काले गिर्जाघरलाई छोपेको थियो भने धुवाँको मुस्लो आकाशतर्फ उठेको देखिन्थ्यो । अग्निनियन्त्रकहरुले यस भयानक आगलागीबाट बहुमूल्य सामग्री जोगाउने भरमग्दुर प्रयत्न गरेका थिए । आगोले ८५० वर्षअघि निर्मित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गिर्जाघरको छाना पूर्णतः नष्ट बनाएको थियो ।
 
विशिष्ट शैलीको यो छाना र शिखरलाई सुनौलो रङको आगोको लप्काले छोपेको थियो । यस आगोले दुबै सम्पदालाई हेर्दाहेर्दै आकाशमा बिलिन बनायो । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रोले मुलुकको आत्माका रुपमा रहेको गिर्जाघर पुनर्निर्माण गर्ने प्रण गरे । उनले अग्निनियन्त्रकहरुको प्रयासका कारण गिर्जाघर पूर्ण रुपमा क्षति हुनबाट बचेको बताए ।
 
पेरिसका अग्निनियन्त्रण विभागका प्रमुख जाँ–क्लाउड ग्यालेटले नोट्रे–ड्याम गिर्जाघरको मुख्य संरचनाका साथै दुईवटा घण्टा रहेका टावरलाई बचाउन सफलता मिलेको जानकारी दिए । करिब ४०० जना अग्निनियन्त्रकहरु रातभर आगो नियन्त्रणमा जुटेका थिए । मङ्गलबार बिहानपख मात्र आगो आंशिक नियन्त्रणमा आएको घोषणा गरिएको थियो । आगलागी शुरु भएको करिब ९ घण्टापछि मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । प्रमुख ग्यालेटले गिर्जाघरको छाना र शिखर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।
 
फ्रान्सेली गृहमन्त्रालयका सचिव लरेन्ट नुनेजले आगो नियन्त्रणमा आइसकेकाले भवनको संरचनाको क्षतिको अवस्था मूल्याँकन गर्न लागेको बताए । नुनेजले भवनको अवस्थालाई विचार गरेर मात्र थप अनुसन्धानको कार्य गरिने जानकारी दिए । “नोट्रे–ड्याम सबै कालखण्डका भयानक युद्ध र बमबारीबाट जोगिएको थियो । हामीले कहिल्यै यसरी आगोमा जलेर नष्ट होला भन्ने सोचेका थिएनौं । म आज अति दुःखित छु र आफूलाई रित्तो अनुभव गरिरहेको छु,” आगलागीको दृश्य नजिकबाट नियालीरहेका स्टेफानी साइगनुरीले बताए ।
 
आगोको लप्काले गिर्जाघरको छाना र शिखर ढाल्दा सडकमा उपस्थित मानिसहरुले “हे भगवान” भन्दै चिच्याएका थिए । आगलागीको कारणबारे तत्कालै थाहा हुन सकेको छैन, तर गिर्जाघरमा पुनर्निर्माणको कार्य तीब्र गतिमा भइरहेको थियो । अग्नीनियन्त्रण विभागका अनुसार आगलागी हुनुमा पुनर्निर्माण पनि जोडिएको हुन सक्छ । फ्रान्सेली अभियोजनकर्ताहरुले यस घटनालाई अद्यापी एक दुर्घटनाका रुपमा लिइएको बताएका छन् ।
 
इतिहासकारहरुले पनि भवनमा पुगेको क्षतिले भयभित तुल्याएको बताएका छन् । “पेरिस आइफेल टावर हो भने फ्रान्स नोट्रे–ड्याम हो । यसले फ्रान्सको समग्र संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दछ,” लेखक एवं धार्मिक इतिहासकार बर्नार्ड लेकोप्टेलेब बताए । यो क्याथेड्रल फ्रान्सको राजधानी पेरिसको लगभग मध्यभागमा अवस्थित छ र करिब २०० वर्ष लगाएर यो भवन बनाइएको हो । यो १२ औं शताब्दीमा बनाइएको थियो । अठारौं शताब्दीको फ्रान्सेली क्रान्तिका अवधिमा भड्किएको हिंसामा यो क्याथिड्रलमा तोडफोड गरिएको थियो ।
 
धर्मविरोधी हिंसात्मक भिडले गिर्जाघरको शिखर तोडफोड गरेको थियो, यहाँका बहुमूल्य वस्तुहरु लुटिएको थियो र बाहिर ढोकामा रहेका भव्य प्रतिमाहरु तोडफोड गरिएको थियो । यो गिर्जाघर बीसौं शताब्दीका ठूल्ठूला युद्धबाट पनि बचेको थियो । सन् १९४४ अगष्ट २४ मा दोस्रो विश्वयुद्धको समाप्त हुनै लाग्दा जर्मनीको कब्जाबाट पेरिस मुक्त हुँदा यही क्याथिड्रलका घण्ट बजाइएका थिए । फ्रान्सको यो गिर्जाघर भ्रमण गर्न पनि बर्सेनि लाखौं पर्यटक फ्रान्स आउने गर्दथे । “पेरिस अब बिरुप भएको छ । अब यो शहर विगतको जस्तो कहिल्यै हुने छैन,” एक युवाले दुःखेसो पोखे ।
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
हेमोफेलियाका बिरामीको बजेट कटौतीले अभिभावक आन्दोलित
असार ९, २०८३
सडकमै भासिए ट्रक, चालकको २४ घण्टादेखि ‘सडकै बास’
असार ९, २०८३
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
बजेटलाई सही ढङ्गले कार्यान्वयन गर
असार ९, २०८३
आजको राशिफलः २०८३ साल असार ९ गते मङ्गलबार
असार ९, २०८३
मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सुरु
असार ८, २०८३
‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल तीन दिन सारियो
असार ८, २०८३
२ लाख ३० हजार बढीको अवैध सामान बरामद
असार ८, २०८३
धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित
असार ८, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
हेमोफेलियाका बिरामीको बजेट कटौतीले अभिभावक आन्दोलित
असार ९, २०८३
सडकमै भासिए ट्रक, चालकको २४ घण्टादेखि ‘सडकै बास’
असार ९, २०८३
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
बजेटलाई सही ढङ्गले कार्यान्वयन गर
असार ९, २०८३
आजको राशिफलः २०८३ साल असार ९ गते मङ्गलबार
असार ९, २०८३
मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सुरु
असार ८, २०८३
‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल तीन दिन सारियो
असार ८, २०८३
२ लाख ३० हजार बढीको अवैध सामान बरामद
असार ८, २०८३
धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित
असार ८, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क