Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • श्रीलङ्का आक्रमणमा १८५ जनाको मृत्यु, कोलम्बोमा लगातार दुई वटा बिस्फोटन, कफर्यु घोषणा    

श्रीलङ्का आक्रमणमा १८५ जनाको मृत्यु, कोलम्बोमा लगातार दुई वटा बिस्फोटन, कफर्यु घोषणा    

alt
  • वैशाख ८, २०७६
  • एएफपी
 
कोलम्बो / श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ ।    
    
मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु करिब ५०० व्यक्ति घाइते भएका छन् ।         
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च बिस्फोटमा ६७ जनाको मृत्यु भएको छ ।    
सेन्ट एन्थोनी बिस्फोटमा कम्तीमा १६० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ ।    
     चर्च सहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ । राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन् ।    
    
मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा भएको बिस्फोटमा २५ जनाको मृत्यु भएको छ ।    
    
बाट्टिकोलोवा अस्पतालका एक अधिकारीले चर्चमा भएको बिस्फोटबाट घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् ।    
    
बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको देखिएको छ । चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ ।    
    
बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।    
    
दश दिन अगाबै चेतावनी दिइएको थियो    
     श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयासुन्दराले १० दिनअघि नै राजधानी कोलम्बोसहित देशका विभिन्न भागका महत्वपूर्ण चर्चहरुमा आत्मघाती आक्रमण हुनसक्ने भन्दै अलर्ट जारी गरेका थिए ।    
एएफपीका अनुसार प्रहरी प्रमुख पुजुथले अप्रिल ११ का दिन प्रहरीका वरिष्ट अधिकारीहरुलाई गोप्य सूचना पठाएका थिए ।    
    
“एउटा विदेशी गुप्तचर निकायले राष्ट्रिय थोवित जमाथ (एनटीजे) नामको समूहले प्रमुख चर्चहरु र कोलम्बोस्थित भारतीय उच्चायुक्तको कार्यालयमा आत्मघाती आक्रमण गर्ने योजना बनाएको खबर प्राप्त भएको छ,” प्रहरी प्रमुखको चेतावनीमा उल्लेख छ ।    
    
एनटीजे श्रीलङ्कामा सक्रिय अतिवादी मुस्लिम सङ्गठन हो र यो सङ्गठनका बारेमा गत वर्षमात्र जानकारी आएको थियो । यस सङ्गठनले गत वर्ष बौद्धमूर्तिहरुको तोडफोड गरेको पाइएको थियो ।    
    
राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना    
    
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गर्नुभएको छ । उहाँले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।    
    
त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताउनुभएको छ ।    
    
कोलम्बो नजिकको होटलमा पुनः बिस्फोट, २ जनाको मृत्यु    
    
शृङ्खलाबद्ध बम आक्रमणबाट प्रताडित श्रीलङ्काको राजधानी कोलम्बोको नजिक देहीवालामा आइतबार अपराह्न पुनः बम बिस्फोट भएको छ । बिस्फोटबाट दुई जनाको मृत्यु भएको श्रीलङ्काली प्रहरीका प्रवक्ताले जनाएका छन् ।    
    
प्रहरी प्रवक्ता रुवान गुनसेकराले आइतबार भएको यो बिस्फोट सातौं रहेको जानकारी दिनुभयो । यसअघि देशको राजधानी कोलम्बोसहित छ वटा शृङ्खलाबद्ध बिस्फोट भएका थिए ।    
यस्तै, राजधानी कोलम्बोको उत्तरी ओरुगोदावाट्टामा पनि आठौं बिस्फोट भएको छ ।    
    
विश्वका नेताहरुद्वारा भत्र्सना    
    
श्रीङ्कामा भएको रक्तपातपूर्ण आक्रमणको पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियन समेका मुलुक एवं संस्थाहरुले भत्र्सना गरेका छन् ।    
    
कोलम्बोमा कफर्यु घोषणा    
    
श्रीलङ्काको राजधानी कोलम्बोमा पुनः दुईवटा बम बिस्फोटन भएपछि सरकारले आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ ।     

 

 
सम्बन्धित समाचार
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना

विराटनगर । उपभोक्तालाई तौलमा ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङ ...

मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी

बिहान उठ्न साथ मोबाइलको स्क्रिनमा औँला पुग्छ । फेसबुक खुल्छ । टाइमलाइनमा एक ...

ब्राउन सुगरसहित ६ जना पक्राउ

विजयपुर । कोशी प्रदेशका मोरङ, झापा र सुनसरीबाट प्रहरीले ब्राउन सुगरसहित ६ ज ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
इतिहासको पानाबाटः चन्द्रपुर बजारमा ठडिएका राणाकालका केही घर
साउन २५, २०८३
टाइफुन डल्फिनको प्रकोपले चीनमा त्रास, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
साउन २५, २०८३
विद्यालयमा नातावाद होइन, निष्पक्षतामा ध्यान देऊ
साउन २५, २०८३
आजको राशिफलः २०८३ साल साउन २५ गते सोमबार
साउन २५, २०८३
लागूऔषधसहित १० जना पक्राउ
साउन २४, २०८३
अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा: आदिवासी जनजातिमा नेतृत्वको अभाव र त्यसको प्रभाव
साउन २४, २०८३
पश्चिम एसियामा तनाव: होर्मुज जलडमरु खोल्न अमेरिकाले व्यवहार सुधार्नुपर्ने इरानको सर्त
साउन २४, २०८३
लियोनल मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन
साउन २४, २०८३
तौलमा ठगी गर्ने कोशी ग्यासलाई जरिबाना
साउन २५, २०८३
मनिटाइजेसन दौडमा हराउँदै जिम्मेवारी
साउन २५, २०८३
ब्राउन सुगरसहित ६ जना पक्राउ
साउन २५, २०८३
प्रधानमन्त्री शाह र चिनियाँ राजदूत झाङबीच भेटवार्ता
साउन २५, २०८३
ब्राउन सुगरसहित सिटी सफारी चालक र यात्रु पक्राउ
साउन २५, २०८३
झुम्का कारागारबाट फरार कैदी धरानबाट पक्राउ
साउन २५, २०८३
सप्ताहादिः पदयात्रा संस्कृति
साउन २५, २०८३
इतिहासको पानाबाटः चन्द्रपुर बजारमा ठडिएका राणाकालका केही घर
साउन २५, २०८३
टाइफुन डल्फिनको प्रकोपले चीनमा त्रास, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
साउन २५, २०८३
विद्यालयमा नातावाद होइन, निष्पक्षतामा ध्यान देऊ
साउन २५, २०८३
आजको राशिफलः २०८३ साल साउन २५ गते सोमबार
साउन २५, २०८३
लागूऔषधसहित १० जना पक्राउ
साउन २४, २०८३
अन्तर्राष्ट्रिय आदिवासी दिवसको सन्दर्भमा: आदिवासी जनजातिमा नेतृत्वको अभाव र त्यसको प्रभाव
साउन २४, २०८३
पश्चिम एसियामा तनाव: होर्मुज जलडमरु खोल्न अमेरिकाले व्यवहार सुधार्नुपर्ने इरानको सर्त
साउन २४, २०८३
लियोनल मेस्सीका पिता जर्जको ६८ वर्षको उमेरमा निधन
साउन २४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क