Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राजनीति
  • बेलायतका प्रधानमन्त्रीको ब्रेक्जिट सपना सङ्कटको भूमरीमा

बेलायतका प्रधानमन्त्रीको ब्रेक्जिट सपना सङ्कटको भूमरीमा

alt
  • भदौ १९, २०७६
  • जील ललेस र डानिका किर्का / एपी

लन्डन /  बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अघि सार्नुभएका ब्रेक्जिटसम्बन्धी प्रस्तावहरुलाई बेलायती संसदले अस्वीकृत गरेको छ । बेलायती संसद हाउस अफ कमन्समा दुई दिनभित्र भएका तीनवटा मतदान प्रधानमन्त्री जोन्सनको विपक्षमा गएका छन् । प्रधानमन्त्री जोन्सनले बुधबार आगामी अक्टोबर १५ मा आमनिर्वाचन गर्नेगरी प्रस्ताव गर्नुभएको थियो, तर संसदले उक्त प्रस्ताव अस्वीकृत गरेको थियो ।

युरोपेली संघबाट आगामी अक्टोबर ३१ मा बेलायतको बहिर्गमन हुनेगरी समयसीमा तोकिएको छ । युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) बिना सम्झौता गर्ने प्रधानमन्त्री जोन्सनको अर्को प्रस्ताव पनि संसदले अस्वीकृत गरेको थियो । यद्यपी प्रधानमन्त्री जोन्सनले फेरि पनि संसदमा निर्वाचनका लागि पुनः प्रस्ताव ल्याउने तयारी गरेका छन् । संसदमा चुनावी नतिजा आफ्नो पक्षमा नआएका कारण हतास देखिएका प्रधानमन्त्री जोन्सनले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिन जनताको बीचमा जान डराएको आरोप लगाउनुभयो ।
“मेरो निष्कर्ष के हो भने अहिले चुनाव भए विपक्षीहरु विजयी हुने सम्भावना बिल्कुलै छैन । मेरो विचारमा बहुसंख्यक जनता अझै ब्रेक्जिटकै पक्षमा छन् ।” ब्रेक्जिटको गतिरोध अन्त्य गर्ने दृढ विश्वासका साथ छ हप्ताअघि प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री जोन्सन अहिले संसदमा सहमति नजुट्दा संकटको घेराभित्र पर्नुभएको छ । प्रधानमन्त्री जोन्सनले आगामी अक्टोबर ३१ को मितिभित्रै युरोपेली संघ छाड्नै पर्ने पटकपटक बताउनुभएको छ ।
उहाँ सम्झौतासहित वा बिना सम्झौता बहिर्गमनको पक्षमा हुनुहुन्छ । तर जोन्सनकै कन्जरभेटिभ पार्टीका समेत धेरै सांसदहरु प्रधानमन्त्री जोन्सनको कठोर निर्णयको पक्षमा छैनन् । हाउस अफ कमन्सले बुधबार बिना सम्झौता ब्रेक्जिटमा जाने प्रधानमन्त्रीको प्रस्तावलाई आफ्नै दलका सांसदसमेत लागेर अस्वीकृत गरेको थियो । जोन्सनले इतिहासमै जनताले दिएको अभिमतलाई विपक्षीहरुले निरन्तर अवमूल्यन गरिरहेको आरोप लगाउनुभयो । सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा झिनो बहुमत प्राप्त भएको थियो । जोखिमपूर्ण तर समाधानको एउटा उपाय चुनाव हो भन्नेमा प्रधानमन्त्री जोन्सन देखिनुभएको छ । चुनावले संसदको वर्तमान संरचनामा परिवर्तन ल्याउने र ब्रेक्जिट विरोधी सांसदहरु पराजित हुने प्रधानमन्त्री जोन्सनको विश्वास छ । तर मतसर्वेक्षणहरुले कथं चुनाव भइहाले जोन्सनको कन्जरभेटिभ पार्टीले बहुमत ल्याउन नसक्ने देखाएका छन् ।
प्रधानमन्त्रीप्रति निकै अविश्वास देखाएका विपक्षी पार्टीहरु नयाँ चुनावको प्रस्ताव स्वीकार्न तयार छैनन् । “प्रधानमन्त्रीको प्रस्ताव पारित होस्, महारानीबाट लालमोहर लागोस् र त्यसपछि चुनाव होस् न त,” कोर्बिनले प्रधानमन्त्रीलाई व्यङ्ग्यमिश्रित भावमा भन्नुभयो । चुनावको घोषणाका लागि ६५० सदस्यीय हाउस अफ कमन्समा दुई तिहाई मत आवश्यक पर्दछ । अर्थात् ४३४ मत आवश्यक हुन्छ, तर संसदमा भएको मतदानमा चुनावको पक्षमा केबल २९८ मत परेको थियो भने ५६ जनाले विपक्षमा मतदान गरेका थिए । बाँकी सांसदहरु अनुपस्थित थिए । अर्कोतर्फ हाउस अफ कमन्सले बिना सम्झौताको ब्रेक्जिट रोक्नेतर्फ पनि ३२७–२९९ ले समर्थन जनाएको थियो । यो प्रस्ताव माथिल्लो सदन हाउस अफ लर्डसमा पठाइएको छ । त्यहाँ पनि यो विधेयकको भविष्य अनिश्चित छ । अर्को साताबाट संसदलाई केही हप्ताका लागि निलम्बन गर्ने प्रधानमन्त्रीको योजना छ । “हामीसँग समय अति कम छ,” लेबर पार्टीका सांसद हिलारी बेनले विपक्षी विधेयक प्रस्तुत गर्दै संसदमा भन्नुभयो । “यो विधेयकको उद्देश्य ज्यादै साधारण छः कुनै सम्झौता बेगर अक्टोबर ३१ मा युरोपेली संघबाट बेलायतको बहिर्गमन हुनु हुँदैन भन्ने सुनिश्चित गर्नु ।” यो विधेयकले ब्रेक्जिटको समयसीमा आगामी जनवरी ३१, २०२० सम्म ढिलाई गर्न युरोपेली संघसँग अनुरोध गर्न सरकारलाई बाटो खोलिदिने छ ।
सांसदहरुले यो विधेयकलाई जतिसक्दो चाँडो पारित गर्न चाहेका छन् । तर नियमित प्रक्रियामा गएमा यसका लागि केही महिना नै लाग्नेछ । जबकी प्रधानमन्त्री जोन्सनले अर्को सातादेखि आगामी अक्टोबर १४ सम्म संसदीय कार्यवाही नै निलम्बन गर्ने योजना अघि सार्नु भएको छ । युरोपेली संघबाट बेलायतको बहिर्गमन गराएरै छाड्ने अठोटका साथ जोन्सन गत जुलाईमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । ब्रेक्जिटका कारण बेलायतको राजनीति संकटको भूमरीमा परेको छ । अधिकांश अर्थशास्त्रीहरुको भनाईमा बिना सम्झौताको ब्रेक्जिटले बेलायतमा गम्भीर आर्थिक विश्रृङ्खलता निम्तिने र बेलायत आर्थिक मन्दीमा डुब्ने बताएका छन् । प्रधानमन्त्री जोन्सनले संसदमा बोल्दै युरोपेली संघका नेताहरुसँग ब्रेक्जिटका बारेमा विचार विमर्श भइरहेको दाबी गर्नुभएको छ ।
तर संघका नेताहरुले भने बेलायतले कुनै आधिकारिक प्रस्ताव प्रस्तुत नगरेको दाबी गरेका छन् । युरोपेली आयोगकी प्रवक्ता मिना एन्ड्रीभाले लन्डनले कुनै नयाँ प्रस्ताव प्रस्तुत नगरेको स्पष्ट गर्नुभयो । सन् २०१६ को जनमतसंग्रहका समयमा युरोपेली संघबाट बेलायत बाहिरिनु पर्ने पक्षको प्रचारको नेतृत्व गर्नुभएका जोन्सनले बेलायतलाई बहिर्गमन गराएर छाड्ने दृढता व्यक्त गर्नुभएको छ । युरोपेली संघसँग कुनै सम्झौता गर्न नसकेको आरोप खेप्दै आउनुभएकी पूर्व प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएसँगै जोन्सनले बेलायतको प्रधानमन्त्री हुनुभएको थियो । तर अहिले घटनाक्रम उहाँको नियन्त्रण भन्दा बाहिर पुगेको छ । उहाँले संसदमा बहुमत समेत गुमाउनु भएको छ र चुनाव पनि गराउन नसक्ने अवस्था उत्पन्न भएको छ । “यो राम्रो शुरुआत होइन, बोरिस,” मतदानपछि एक अपरिचित सांसदले चिच्याएका थिए ।
सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
हेमोफेलियाका बिरामीको बजेट कटौतीले अभिभावक आन्दोलित
असार ९, २०८३
सडकमै भासिए ट्रक, चालकको २४ घण्टादेखि ‘सडकै बास’
असार ९, २०८३
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
बजेटलाई सही ढङ्गले कार्यान्वयन गर
असार ९, २०८३
आजको राशिफलः २०८३ साल असार ९ गते मङ्गलबार
असार ९, २०८३
मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सुरु
असार ८, २०८३
‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल तीन दिन सारियो
असार ८, २०८३
२ लाख ३० हजार बढीको अवैध सामान बरामद
असार ८, २०८३
धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित
असार ८, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
हेमोफेलियाका बिरामीको बजेट कटौतीले अभिभावक आन्दोलित
असार ९, २०८३
सडकमै भासिए ट्रक, चालकको २४ घण्टादेखि ‘सडकै बास’
असार ९, २०८३
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
बजेटलाई सही ढङ्गले कार्यान्वयन गर
असार ९, २०८३
आजको राशिफलः २०८३ साल असार ९ गते मङ्गलबार
असार ९, २०८३
मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सुरु
असार ८, २०८३
‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल तीन दिन सारियो
असार ८, २०८३
२ लाख ३० हजार बढीको अवैध सामान बरामद
असार ८, २०८३
धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित
असार ८, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क