Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • इरानी संसदीय निर्वाचनमा पुरातन राजनीतिक प्रणालीकै पक्षमा जनताको समर्थन

इरानी संसदीय निर्वाचनमा पुरातन राजनीतिक प्रणालीकै पक्षमा जनताको समर्थन

alt
  • फागुन ९, २०७६
  • रासस-एपी

तेहरान । इरानीहरूले शुक्रबार नयाँ संसदको लागि मतदान गरिरहेका छन् । इरानमाथि अमेरिकी आर्थिक प्रतिबन्ध र इरानलाई कुटनीतिक रुपमा अलग्याइएको अन्यौलग्रस्त अवस्थामा इरानी जनताले मतदानमा भाग लिइरहेका छन् ।

सात हजारभन्दा बढी निकै शसक्त उम्मेद्वारहरूको नाम हटाइएकाले चुनावमा मतदाताको संख्या कमै रहने अनुमान गरिएका छन् । उम्मेदवारको सूचीबाट हटाइएका व्यक्तिहरुमा खासगरी सुधारवादीहरुको संख्या ठूलो छ । इरानी नेताहरु र सरकारी मिडियाले मतदाताहरुलाई मतदानमा व्यापक सहभागिता जनाउन आग्रह गरेका छन् र कसैले यो चुनावलाई धार्मिक कर्तव्यको रुपमा पनि चित्रित गरेका छन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले तेहरानको आफ्नो कार्यालय नजिकैको मस्जिदमा मतदान गर्दै इरानीहरूलाई चुनावमा भाग लिन आग्रह गरेका थिए । निर्वाचन कार्यक्रम बिहान ७ बजे नै शुरु भएको छ । “इरानको राष्ट्रिय हितप्रति ध्यान दिने जोकोहीले पनि चुनावमा भाग लिनु पर्दछ,” उनले भने । यसै साताको सुरुमा खामेनीले ठूलो संख्यामा हुने मतदानले इरान बिरूद्ध अमेरिकी र इजरायली समर्थकहरुको “षडयन्त्र र योजना” विफल हुने विश्वास व्यक्त गरेका थिए ।

“संयुक्तराज्य अमेरिकाको अधिकतम दबाबको नतिजा के हुन्छ भनेर हाम्रा दुश्मनहरूले हेर्न चाहेका छन्,” उनले अमेरिकाको प्रतिबन्ध र वासिङ्टनको दबाबलाई औंल्याउँदै भने । अमेरिकाले इरानी तेल विदेशमा बिक्री गर्न रोक लगाउनुका साथै इरानी अर्थ व्यवस्थालाई मन्दीतर्फ धकेलेको छ ।

मतदानको पूर्वसन्ध्यामा ट्रम्प प्रशासनले इरानको सर्वोच्च संरक्षक परिषद (गार्डियन काउन्सिल) का अध्यक्ष समेत दुई वरिष्ट अधिकारी तथा निर्वाचन पर्यवेक्षण समितिका तीन सदस्यमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकाले प्रतिबन्ध लगाएका अधिकारीहरुले ७ हजारभन्दा बढी उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा भाग लिन बन्देज लगाई इरानी जनताको स्वतन्त्र आवाज दबाउन मुख्य भूमिका निर्वाह गरेको दाबी गरेको छ ।

चुनावमा अयोग्य घोषित उम्मेदवारहरुले २९० सिटको संसदमा २०८ स्थानमा उम्मेदवारी दिएका थिए । संयुक्तराज्य अमेरिकासँगको तनावबीच यो चुनावबाट पनि संसदमा कट्टरपन्थीहरुको बाहुल्यता हुने निश्चित छ । गत जनवरीमा अमेरिकाको हवाई हमलामा इरानका वरिष्ट जनरल कासेम सोलेमानीको हत्या भएपछि अमेरिकासँगको सङ्कट अझ गहिरिएको छ ।

यही तनावका बीच इरानी सेनाले भूलवस गरेको क्षेप्यास्त्र प्रहारका कारण इरानबाट उडेको युक्रेनी यात्रुबाहक बिमान खस्यो, र त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो । मारिएकाहरूमध्ये अधिकांश व्यक्ति इरानी थिए । बिमान खसालिएको विषयलाई इरानी अधिकारीहरुले ढाकछोप गरेको भन्दै इरानी जनताले इरानी सरकार विरुद्ध आक्रोश पोखेका थिए ।

अहिले बढ्दो आर्थिक कठिनाइको समयमा चुनाव हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरिएको आणविक सम्झौता फिर्ता लिएर इरान विरुद्ध आर्थिक प्रतिबन्ध लगाएसँगै इरानमा आधारभूत सामानमा चरम मूल्यवृद्धि भएको, मुद्रास्फीति र बेरोजगारी बढेको तथा स्थानीय मुद्राको गिरावट भएको छ । आर्थिक समस्याहरूकै कारण नोभेम्बरमा सर्वसाधारण इरानीले सरकार विरोधी प्रदर्शन पनि गरेका थिए ।

अन्तर्राष्ट्रिय मानवअधिकार समूहहरूले यी प्रदर्शनका क्रममा कम्तिमा ३०० जनाको मृत्यु भएको बताएका छन् । इरानको संसदले युगान्तकारी नीतिहरू बनाउने सामथ्र्य राख्दैन, तर यसले सरकारको वार्षिक बजेट र मन्त्रीहरूको सम्भावित महाभियोगका बारेमा छलफल गर्दछ । इरानको मुख्य शक्ति अन्ततः खामेनीमै निहीत छ, र उहाँबाटै मुख्य मामिलामा अन्तिम निर्णय हुन्छ ।

कट्टरपन्थीहरुको बाहुल्य रहने संसदले इरानी क्रान्तिकारी गार्डको बजेट बढाउन सक्दछ । इरानको शक्तिशाली सेना ठानिएको गार्डमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । संसदका वर्तमान सभामुख अली लारीजानीले ११ बर्षपछि पद छाड्ने निर्णय गर्नु भएको छ र उहाँ चुनावमा उठ्नु पनि भएको छैन ।

तेहरानका पूर्व मेयर एवं क्रान्तिकारी गार्डतर्फ वायुसेनाको पूर्व प्रमुख समेत रहिसकेका मोहम्मद बाखर कलिबाफले लारीजनीको उत्तराधिकारी हुने सम्भावना छ । सन् २०१६ मा गठित वर्तमान संसदमा १०० जनाभन्दा बढी सुधारवादीहरु थिए । बाँकी सदस्यहरु निर्दलीय र कट्टरपन्थीहरु थिए ।

करिब ९० जना वर्तमान सांसदलाई पनि शुक्रबारको चुनावमा भाग लिन निषेध गरिएको छ । इरानी निर्वाचन आयोगका अनुसार करिब ८ करोड जनसंख्या रहेको इरानमा झण्डै ५ करोड ८० लाख मतदाता छन् । १८ वर्षभन्दा माथिको उमेरका हरेक इरानीले मतदान गर्न पाउँछन् । अघिल्लो संसदीय चुनावमा ५० प्रतिशतभन्दा बढी मतदान भएको थियो ।

सन् २०१६ मा यस्तो मतदान करिब ६२ प्रतिशत थियो । मतदान साँझ ६ बजे समाप्त हुनेछ, तर विगतमा मतदान केन्द्रहरू राती अबेरसम्म खुल्ला राखिएका थिए । शुक्रबार इरानमा छुट्टीको दिन हो । प्रारम्भिक नतिजा शनिबार घोषणा गरिने सम्भावना छ । राष्ट्रपतिको चुनाव भने सन् २०२१ मा हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार
धनकुटामा बस दुर्घटना, १२ घाइते

विजयपुर । धनकुटामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते ...

मेघा–हिमालयनद्वारा मिस एसईई र प्रदेश आइडलका विजेता सम्मानित

विजयपुर । मेघा–हिमालयन कलेजले सौन्दर्य तथा प्रतिभा प्रतियोगिताका विजेताहरूल ...

मेक्सिकोको विजयी सुरुवात

मेक्सिको सिटी । विश्व फुटबलको सबैभन्दा ठूलो महाउत्सव विश्वकप फुटबलको इतिहास ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सुरु
असार ८, २०८३
‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल तीन दिन सारियो
असार ८, २०८३
२ लाख ३० हजार बढीको अवैध सामान बरामद
असार ८, २०८३
धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित
असार ८, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
देश सेवामा खटिनेलाई सम्मान गर
असार ८, २०८३
आजको राशिफलः २०८३ साल असार ८ गते सोमबार
असार ८, २०८३
दोस्रो राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय–व्यय सार्वजनिक
असार ७, २०८३
विश्वकर्मा कल्याण सेवा समिति धरान–५ को अध्यक्षमा प्रेम विश्वकर्मा चयन
असार ७, २०८३
एमाले उपाध्यक्ष पौडेल पक्राउ
असार ८, २०८३
मनमोहन स्मृति फुटबल प्रतियोगिताको १२औँ संस्करण सुरु
असार ८, २०८३
‘धरान मेयर कप’ स्कुल ओलम्पिक फेस्टिभल तीन दिन सारियो
असार ८, २०८३
२ लाख ३० हजार बढीको अवैध सामान बरामद
असार ८, २०८३
धरान मेघा हिमालयन कलेजका ‘ए प्लस’ ल्याउने १३ विद्यार्थी सम्मानित
असार ८, २०८३
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
असार ८, २०८३
आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीय स्थल
असार ८, २०८३
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
असार ८, २०८३
शारा प्रतिष्ठानबाट धरानका व्यक्तित्व सम्मानित
असार ८, २०८३
झापाका ४ पालिका लागूऔषधको ट्रान्जिट पोइन्ट
असार ८, २०८३
ब्लाष्टका कार्यकारी सम्पादक सम्मानित
असार ७, २०८३
देश सेवामा खटिनेलाई सम्मान गर
असार ८, २०८३
आजको राशिफलः २०८३ साल असार ८ गते सोमबार
असार ८, २०८३
दोस्रो राष्ट्रिय र्ंयाङ्किङ ब्याडमिन्टन प्रतियोगिताको आय–व्यय सार्वजनिक
असार ७, २०८३
विश्वकर्मा कल्याण सेवा समिति धरान–५ को अध्यक्षमा प्रेम विश्वकर्मा चयन
असार ७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल blastkhabar2016@gmail.com
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क