मकवानपुरको बागमति गाउँपालिकामा पहिरोले पुरिएका एकैपरिवारका ६ मध्ये एकजनाकाे मृत्यु भएको प्रहरिले जनाएकाे छ ।

 खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवानपुरको बागमती गाउँपालिका–५ स्थित सिक्रेदोभानस्थि बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको हो।

अंकलबहादुरसहित शिला स्याङ्तान, जीवन पहरी, २ वर्षीय तेज पहरी र १ वर्षीय देव्यणी पहरी बेपत्ता छन्।बेपत्ता शिला र जीवन अकलबहादुरको छोरी ज्याँई हुन्। त्यस्तै तेज र देव्यणी उनको नाती नातीना हुन्। उनीहरु सबै एकै घरमा बस्दै आएका थिए।