इटहरीको तरहरा स्थित होम्स नजिकै बस पल्टिदा १३ जना घाइते भएका छन् । 

आज बिहान धरानबाट काँकडभिट्टा हिँडेको  मे १ ख २७४० नम्बरको बस  डिभाइडरमा ठोक्किएर पटिएको हो । बस पल्टिदा १३ जना धन्दा बढी घाइते भएको ट्राफिक प्रहरी पोस्ट तरहराका हवलदार तीर्थ पराजुलीले बताएका छन् ।



उनका अनुसार घाइते मध्येका  दुई जनाको अवस्था गम्भीर  रहेको छ ।  घाइतेहरूलाई उद्धार गरी धरान स्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी ल्याइएको पराजुलीले बताएका छन् । दुर्घटनापछि बसका चालक, सहचालक पनि तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको  छ । 

दुर्घटनाको कारण बस तीव्र गतिमा रहेकोले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने  अनुमान गरिएको छ ।