मुहानको पानी सोझै धरामा वितरण गरिएको भन्दै धरान १५ नम्बर वडाका जनप्रतिनिधि सहितको टोलीले भालु खोला र सेउतीको मुहानको पानी वितरण बन्द गर्न माग गरेका छन् ।

मंगलबार जनप्रतिनिधिसहित वडाका टोल विकास संस्था  र राजनीतिक दलका प्रतिनिधि सहितको टोलीले  नगर प्रमुख हर्क साम्पाङ लाई उक्त मुहानको पानी वितरण बन्द गर्न माग गरेका छन् ।

उनीहरूले स्रोत भन्दा माथि कुखुरा र बङ्गुरको फर्म रहेको र बर्खामा आउने बाढीले  बगाएर मुहान मै ल्याउने भएकाले  भालु खोला र सेउतीको मुहानको पानी वितरण बन्द गर्न माग गरेका हुन् । 

नगर प्रमुख साम्पाङले अभियान मार्फत  खोलाबाट  पानी रिजर्भेसन ट्याङ्कीमा समेत नहाली  वितरण गरिदा महामारीका जोखिम बढेको भन्दै उक्त असन्तुष्टि पनि जनाएका छन् ।

4

उनीहरूले साम्पाङको अभियान पूर्व १५ नम्बर वडामा  खानेपानी बोर्डको विजयपुर सब सिस्टमबाट पानी वितरण गरिने गरेकोमा भालु खोला र सेउतीको मुहानको पानी वितरण बन्द गरी पुनः विजयपुर सब सिस्टमबाट नै पानी वितरण गर्न माग गरेका छन् । 

वडा अध्यक्ष नरेश इवारम सहितको टिएलओ र राजनीतिक दलका प्रतिनिधिहरूको टोली यस अघि उक्त खोलाको मुहान क्षेत्रमा निरीक्षणका लागि गएका थिए । निरीक्षणका क्रममा मुहानमै पिउन अयोग्य पानी रहेको र कुनै ट्रिटमेन्ट बिनै  वितरण गरेको पाइएकाले तत्काल ती मुहानको पानी वितरण बन्द गर्न माग गरिएको इवारमले बताएका छन् ।